Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

सीमा सुरक्षा विषयमा नेपाल-भारत छलफल

सुमन तिमल्सिना/उज्यालो । 
विराटनगर, मंसिर १४ –  नेपाल-भारत सीमा सुरक्षा अधिकारीहरुको बैठक सोमबार बिराटनगरमा सम्पन्न भएको छ । बैठक पछि सीमा स्तम्भ मर्मत र नयाँ स्तम्भ थप गर्ने बारेमा दुबै देशका अधिकारीहरु सहमत भएका छन् । 
सीमा क्षेत्रको नक्सांकन तथा बिग्रिएका पिलरको मर्मत तथा नयाँ पिलर राख्ने बारेमा दुबै देशका सुरक्षा अधिकारीहरु सहमत भएको बैठकपछिको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  पत्रकार सम्मेलनमा भारतको अररिया जिल्लाका डिष्ट्रीक मेजिष्ट्रेट हिमांशु शर्माले नेपाली प्राविधिक टोलीको सहयोगमा काम सुरु भएको ५ महिना भित्र सक्ने गरि सिमा क्षेत्रको काम सुरु हुने जानकारी दिनुभयो । 

प्रसाशनिक र नापी विभागका अधिकारीसहितको बैठकले झापाको १ सय १ नम्बरको पिलरदेखि काम सुरु गरिने जानकारी दिइएको थियो । सुनसरीको २ सय ११ सीमा स्तम्भबाट मर्मतको कार्य गएको फागुन ११ गतेबाट सुरु गरिएको थियो । त्यसको निरन्तरताको लागि बैठकले झापाका १ सय १८ किलोमिटर, मोरंगको ५३ किलोमिटर र सुनसरीका ६३ किलोमिटर गरी २ सय ४३ किलोमिटर क्षेत्रको सीमा क्षेत्रमा नयाँ सीमास्तम्भको स्थापना, क्षतिग्रस्त सीमास्तम्भको मर्मतका साथै दशगजा क्षेत्रमा निर्माण गरिएका घरटहरा र खनजोत गरिएका जग्गाको तथ्यांक सङ्कलन गर्ने र अतिक्रमित दशगजा क्षेत्र खाली गरिने बिषयमा सुरक्षा अधिकारीबिच सहमती भएको मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले जानकारी दिनुभयो । 
उहाँले अहिलेको सीमानाकामा देखिएको अबरोध हटाउने तथा हतियारसहित नेपाल प्रवेश गरेका एसएसबी तथा सुनसरीमा सर्बसधारणमाथि गोली चलाएको बारेमा पनि भारतीय पक्षसँग अनौपचारिक छलफल भएको जानकारी दिनुभयो । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनको लागि भारतीय पक्ष गम्भीर हुने र सीमानाका खुलाउने बारेमा पनि छलफल भएको उहाँले बताउनुभयो ।  
सीमा क्षेत्रको नेपालतर्फबाट नापी अधिकृत सुशील डङ्गोलसहित नौं सदस्यीय टोली र नौं जना नै भारतीय प्राबिधिक टोलीले नक्साङकन गर्नेछन् । बैठकमा भारतीय पक्षका १४ र नेपालका २० जना सुरक्षा अधिकारीको उपस्थिति रहेको थियो । भारतको तर्फबाट किसानगञ्ज, सुपौल र अररियाका सुरक्षा प्रमुखहरु र नेपालको तर्फबाट झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीसहित नापी, वन, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतका पदाधिकारीहरुको सहभागिता थियो । 
Ą
https://www.flickr.com/photos/spklg/15211044551/