Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

बालुवाटार बैठकमा के के भयो?

काठमाडौं–सय  दिनभन्दा बढी समयदेखिको मधेस आन्दोलन र भारतीय नाकाबन्दीबीच निरास सर्वसाधान सोमबार हुने त्रिपक्षीय वार्ताप्रति निकै आशावादी थिए। आइतबार प्रधानमन्त्री केपी ओलीले आन्दोलनरत पक्ष, प्रमुख प्रतिपक्ष र सत्तापक्षबीचको त्रिपक्षीय बैठक बोलाएका थिए।
सोमबार ११ बजे प्रधानमनन्त्री निवास बालुवाटारमा बैठक सुरु भयो। तर मधेसी मोर्चा आबद्ध नेताहरु उपेन्द्र यादव, महेन्द्र राय यादव र राजेन्द्र महतो भने बैठकमा उपस्थिति भएनन बरु, उनीहरु उपेन्द्र यादवको विराटनगरस्थित निकासमा आन्दोलनको भावी रणनीतिबारे छलफल गर्न व्यस्त भए। मोर्चाकातर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर वार्तामा सहभागी भएका थिए।बैठकको सुरुमा प्रधानमन्त्री केपी ओलीले सबै दलले आफ्नो अडान छोडेर मुलुकलाई निकास दिनुपर्ने प्रस्ताव राखको थिए। बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री ओलीले जनताले धेरै दुःख र सास्ती पाएको भन्दै सबै दल आफ्नो अडानबाट पछि हट्नुपर्ने बताएका थिए। ओलीले मुलुकको आर्थिक अवस्था जर्जर भएको भन्दै सबै मलिेर नै समस्याको समाधान गर्नुपर्ने बताएका थिए।
प्रधानमन्त्री भएपछि मधेसी मोर्चासँगको बैठकमा प्रत्यक्ष सहभागी नभएका प्रधानमन्त्री ओली पहिलो पटक मोर्चानेता सहभागी बैठकमा सहभागी भएका थिए। नरम रुपमा प्रस्तुत भएका ओलीले जसरी पनि जारी समस्याबाट मुलुकलाई निकास दिनुपर्ने बताएका थिए। मधेसी मोर्चाले यसअघि सरकारी वार्ता टोलीसमक्ष पेश गरेको ११ बुँदे मागका समबन्धनमा पनि बैठककमा छलफल भयो। 'सीमाकंनलगायतका समग्र विषयमा खुल्ला रुपमा छलफल भयो,' बैठकमा सहभागी तराइ मधेस सद्भावनाका वरिष्ठ नेता रामनरेश रायले नागरिकन्युजसँग भने,' आजको बैठकले 'आइसब्रेक' गर्ने काम गरेको छ।'

बैठकमा मधेसी मोर्चाका नेताहरुले भने मोर्चाले यसअघि सरकारी वार्ता टोलीसमक्ष पेश गरेको ११ बुँदे माग नै आफूहरुको बटम लाइन भएको बताएको थियो। 'मोर्चाले पेश गरेको ११ बुँदे मागका विषयमा प्रमुख दलले साझा धारणा बनाएर पुन बैठक बस्ने सहमति भएको छ,' बैठकमा सहभागी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले नागरिकन्युजसँग भने,'मोर्चाले मुख्य रुपमा सीमाकंन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र समानुपाति समावेशीता मोर्चाको मुख्य माग रहेको जानकारी गरायौं।' बैठकमा एमाले नेता माधव नेपालले भने सीमाकंनको विषयले मुलुक अप्ठ्यारो अवस्थामा आइपुगेको भन्दै तत्कालका लागि सीमाकंनको मुद्दा स्थगित गर्नुपर्ने बताएका थिए। 'उहाँले (माधन नेपाल) हाँसी हाँसी सो कुरा गर्नु भएको हो,' राउतले भने,'त्यसलाई गंभीरतापुर्वक उहाँले भनेकोजस्तो मलाई लाग्दैन।'

बैठकमा प्रधानमन्त्री ओलीले विगत केही समयदेखि एक अर्काको कार्यक्रम विथोल्ने प्रकारका घटना भएको भन्दै कुनैपनि पक्षबाट त्यसप्रकारका घटना हुन नदिने प्रस्ताव गरेका थिए। सो विषयमा सबै सहमत भएको राउतले जनाए।

यसअघि मोर्चाले सरकारी वार्ता टोलीसमक्ष राखेका ११ बुँदे मागका विषयमा तीन दलले साझा धारणा बनाएर १६ गते पुन वार्तामा बस्ने सहमति भएको छ। 'भोली दिनभर औपचारिक, अनौपचारिक तथा द्विपक्षीय वार्ता गरेर ११ बुँदे मागका विषयमा साझा धारणा बनाउने कांग्रेसले प्रस्ताव गरेको थियो।
As published in nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/