Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

विमानस्थल र बन्दरगाह उपयोग गर्न दिन्छौ : बंगलादेश


बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेट गर्दै नेपाली राजदूत हरिकुमार श्रेष्ठ ।

मंसिर १४, २०७२- बंगलादेशकी प्रधामन्त्री सेख हसिनाले नेपालले भोग्नुपरेको वर्तमान संकट समाधानमा आफ्नो सहयोग र साथ रहने बताएकी छन् । उनले नेपालमा मानवीय संकट आउने अवस्थामा आफ्नो देशले सबै खाले सहयोग गर्ने बताएकी हुन् । उनले सकिन्छ भने आफ्नो देशको सयदपुर विमानस्थल साथै चटगाँउ र मोङ्ग्ला बन्दरगाह मार्फत व्यापार गर्न नेपाललाई आग्रहसमेत गरेकी छन् ।

बंगलादेशले उक्त बन्दरगाह प्रयोग गर्न पहिलेदेखि नै आग्रह गर्दै आएको र अहिले तत्कालका लागि प्रयोग कार्य अघि बढाउन सबै प्रक्रिया मिलाउन आफूहर तयार रहेको समेत बताएकी छन । उनले संकटबाट नेपाल छिटो बाहिर निस्कने आशासमेत व्यक्त गरेकी छन् । तर, वर्तमान अवस्था लम्बिंदा वा समाधान नै हुँदा पनि नेपालको समस्या सहयोग र विकासमा सहकार्य गर्न आफूहरु इच्छुक रहेको सन्देश उनले दिएकी हुन । नेपालको सुखदुखमा आफ्नो मुलुकले साथ र समर्थन सधै रहने बताएकी ढाकास्थित नेपाली दूतवासका एक अधिकारीले जानकारी गराएका हुन् ।
नेपाली राजदूत हरिकुमार श्रेष्ठले आफ्नो कार्यकाल सकेर शनिबार प्रधामन्त्री हसिनासँग उनको सरकारी निवास गोनो भवनमा विदाइ भेट गर्नेक्रममा प्रधानमन्त्रीले त्यस्तो बताएकी हुन् । भेटमा उनको कार्यकालको समीक्षा, नेपालमा भुकम्प आउँदा बंगलादेशले गरेको सहयोग लगायत अन्य दुईपक्षीय सम्वन्ध बिस्तारका विविध विषयमा छलफल भएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।
भेटमा राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी ओलीको सन्देशसमेत प्रधानमन्त्री हसिनालाई बुझाएका थिए । भारतको अघोषित नाकाबन्दीका कारण इन्धनको समस्या भोगिरहेको नेपालसामू बंगलादेशले आफ्नो विमानस्थल र बन्दरगाह प्रयोग गर्न भनेकोमा धन्यवाद व्यक्त गर्दै यो प्रस्ताव सरकारसमक्ष पेस गर्ने उनले बताएको ढाकाका समाचार माध्यमहरुले उल्लेख गरेका छन ।
नेपालबाट बंगलादेश जानको लागि फुलबारी मार्ग रहेको र त्यो बाटो भएर सामान ल्याउन कुनै समस्या नहुने भन्दै बंगलादेशले यस्तो प्रस्ताव राखेको त्यहाँको स्टार डेलीले उल्लेख गरको छ । बंगालदेशी प्रधानमन्त्रीका प्रेस हेर्ने सचिव इहसनुल करिमलाई उद्धृत गर्दै उक्त पत्रिकाले लेखेको छ, ‘राजदूत श्रेष्ठले नेपाललाई चाहिने औषधि, खाद्य सामाग्री र इन्धन लगायतमा सहयोगको समेत आग्रह गरेका थिए । त्यसमा बंगलादेशले सक्दो सहयोग गर्ने बताएको हो ।’
राजदूत श्रेष्ठ सहसचिवमा सेवानिवृत्त भएलगत्तै बंगलादेशमा राजदूतको नियुक्ति भएका हुन । उनले त्यहाँ गएपछि मेडिकल डाक्टर तथा नर्सिङ पढ्न जाने विद्यार्थीको समस्या, नेपालमा केही कसन्लटेन्सीले झुक्याउने लगायतको विषयलाई सम्बोधन गर्न सफल भएका थिए । दुईपक्षीय सम्वन्धमा पनि उनले सुधारको कार्यहरु गर्दै भूकम्पको समयमा बंगलादेश विविध पाटोबाट उनले भित्र्याएको सहयोगको सरकारले समेत प्रशंसा गरेको थियो ।
बंगलादेशका राष्ट्रपति र प्रधानमन्त्री छुट्टा छुट्टै सन्देश जारी गरेर नेपालको संविधान र पछिल्लो सरकार गठनको स्वागत गरेको थियो । बंगलादेश स्वतन्त्रतामा नेपालका राजनीतिक नेताहरुले निर्वाह गरेको भूमिकाप्रति उनीहरु सधै नेपालसंग आभारी छन् ।
News from Kantipur


Ą
https://www.flickr.com/photos/spklg/15211044551/