Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Nepalese MRP. Show all posts
Showing posts with label Nepalese MRP. Show all posts

विदेश बस्ने नेपालीलाई नागरिकताबिनै चारवर्षे राहदानी

भाद्र २६, २०७४-सरकारले विदेशमा रहेका नेपाली नागरिकका सन्तानलाई बिनानागरिकता चार वर्षसम्म मेसिन रिडेबल पासपोर्ट (एमआरपी) उपलब्ध गराउने भएको छ । यसअघि त्यस्तो राहदानी दुई वर्षका लागि मात्र दिने गरिएको थियो । सोमबारको मन्त्रिपरिषद् बैठकले यसलाई चार वर्ष बनाएको हो । बाल्यावस्थामै विदेश पुगेका वा त्यहीँ जन्मेर नागरिकता लिन नेपाल आउन नपाएकाहरूको समस्या सम्बोधन गर्न यस्तो व्यवस्था गरिएको हो ।

Original News on Ekantipur

एमआरपी लिन आठ देशमा प्रत्यक्षदर्ता प्रणाली

काठमाडौं, मंसिर १४ - सरकारले एमआरपी वितरणलाई छिटो र सहज वनाउन आठ देशका दश स्थानबाट प्रत्यक्ष दर्ता प्रणालीबाट फारम संकलन गर्ने भएको छ । नेपाली धेरै रहेका आठ देशमा सुरु हुने यो प्रक्रियाको आगामि डिसेम्बर आठ तारिकमा कतारबाट उद्घाटन हुने छ । 
राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाका अनुसार मलेसिया, हङकङ, युएई, कतार, कुवेत, लन्डन, न्युयोर्क, वासिङटन, साउदीको जेद्धाबाट प्रत्येक्ष दर्ता प्रणाली सुरु गरिने छ । एमआरपी नभएका नेपालीलाई विदेशमा अप्ठेरो नपरोस् भनेर विदेशबाटै फारम संकलनलाई सहज बनाउन लागिएको थापाले बताउनुभयो ।
एमआरपी नहुँदा पर्ने अप्ठेरोका बारेमा प्रवासी नेपाली जानकार रहेकाले पनि हालसम्म अप्ठेरोमा नपरेको र समस्यामा परेका नेपालीलाई तत्काल सहयोग गरि नेपाल फर्काउन दूतावासलाई निर्देशन दिइसकिएको पनि थाापाले बताउनुभयो । अन्तर्राष्ट्रिय नागरिक उड्यन प्राधीकरण आइकाओले तत्काल नेपाल फर्किन एकतर्फि यात्रा अनुमति पत्र, अस्थाई राहदानी र म्याद भएको हस्तलिखित राहदानीको आधारमा दूतावासको समन्वयमा अहिले नेपाल फर्किरहेको जानकारी दिनुभयो ।
सिधा नेपाल उडान भर्ने देशबाट हस्तलिखित राहदानीलाई आधारमानि नेपाल फर्किन दिन दूतावासले समन्वय गरेका छन् । अहिले तत्काल राहदानी चाहिनेलाई दूतावासबाट अहिलेपनि इमेल मार्फत फारम पठाएर एमआरपी वितरण गरिने बताउनु भयो । 
एक महिनापछि व्यक्ति आफैंले फारम भरेर पठाउने व्यवस्था लागु गर्ने विभागले तयारी गरिरहेको थापाले सुनाउनुभयो । यस्तो गर्दा व्यक्ति आफैंले फारम भर्ने र दर्ताकेन्द्रले रुजु गरि फोटो र औंठाछाप लिनेछन् । यस्तै प्रत्यक्ष दर्ता प्रणालीमा फारम भर्ना साथ एमआरपी बन्ने नबन्ने जानकारी सम्बन्धित व्यक्तिको इमेलमा गराइने छ । यसअघि दूतावासले फारम संकलन गरेर पठाउँदा तीन महिना सम्म लाग्ने गरेको थियो । 
Ą
https://www.flickr.com/photos/spklg/15211044551/