Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

एमआरपी लिन आठ देशमा प्रत्यक्षदर्ता प्रणाली

काठमाडौं, मंसिर १४ - सरकारले एमआरपी वितरणलाई छिटो र सहज वनाउन आठ देशका दश स्थानबाट प्रत्यक्ष दर्ता प्रणालीबाट फारम संकलन गर्ने भएको छ । नेपाली धेरै रहेका आठ देशमा सुरु हुने यो प्रक्रियाको आगामि डिसेम्बर आठ तारिकमा कतारबाट उद्घाटन हुने छ । 
राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाका अनुसार मलेसिया, हङकङ, युएई, कतार, कुवेत, लन्डन, न्युयोर्क, वासिङटन, साउदीको जेद्धाबाट प्रत्येक्ष दर्ता प्रणाली सुरु गरिने छ । एमआरपी नभएका नेपालीलाई विदेशमा अप्ठेरो नपरोस् भनेर विदेशबाटै फारम संकलनलाई सहज बनाउन लागिएको थापाले बताउनुभयो ।
एमआरपी नहुँदा पर्ने अप्ठेरोका बारेमा प्रवासी नेपाली जानकार रहेकाले पनि हालसम्म अप्ठेरोमा नपरेको र समस्यामा परेका नेपालीलाई तत्काल सहयोग गरि नेपाल फर्काउन दूतावासलाई निर्देशन दिइसकिएको पनि थाापाले बताउनुभयो । अन्तर्राष्ट्रिय नागरिक उड्यन प्राधीकरण आइकाओले तत्काल नेपाल फर्किन एकतर्फि यात्रा अनुमति पत्र, अस्थाई राहदानी र म्याद भएको हस्तलिखित राहदानीको आधारमा दूतावासको समन्वयमा अहिले नेपाल फर्किरहेको जानकारी दिनुभयो ।
सिधा नेपाल उडान भर्ने देशबाट हस्तलिखित राहदानीलाई आधारमानि नेपाल फर्किन दिन दूतावासले समन्वय गरेका छन् । अहिले तत्काल राहदानी चाहिनेलाई दूतावासबाट अहिलेपनि इमेल मार्फत फारम पठाएर एमआरपी वितरण गरिने बताउनु भयो । 
एक महिनापछि व्यक्ति आफैंले फारम भरेर पठाउने व्यवस्था लागु गर्ने विभागले तयारी गरिरहेको थापाले सुनाउनुभयो । यस्तो गर्दा व्यक्ति आफैंले फारम भर्ने र दर्ताकेन्द्रले रुजु गरि फोटो र औंठाछाप लिनेछन् । यस्तै प्रत्यक्ष दर्ता प्रणालीमा फारम भर्ना साथ एमआरपी बन्ने नबन्ने जानकारी सम्बन्धित व्यक्तिको इमेलमा गराइने छ । यसअघि दूतावासले फारम संकलन गरेर पठाउँदा तीन महिना सम्म लाग्ने गरेको थियो । 
Ą
https://www.flickr.com/photos/spklg/15211044551/