Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

उपप्रधानमन्त्रीमा को धनी ? – गच्छदारसँग बन्दुक र राइफल, थापासँग चारवटा कार !

काठमाडौं, मंसिर १७ – ६ जना उपप्रधानमन्त्रीमध्ये सीपी मैनालीले मात्र सम्पत्ति विवरण पेश गर्न बाँकी छ । अरु ५ उपप्रधानमन्त्रीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सम्पत्ति विवरण पेश गरेका छन् । विवरण हेर्दा विजयकुमार गच्छदार, कमल थापा र भीम रावलसँग प्रशस्त धनसम्पत्ति देखिन्छ ।
गच्छदारसँग त एउटा राइफल र अर्को एउटा बन्दुक समेत छ । उहाँसँग सुनसरीमा सात विघा जग्गा र चार कोठे पक्की घर, विराटनगरमा श्रीमतीका नाममा १८ कट्ठा जग्गा र पक्की घर तथा ललितपुरमा १३ आना जग्गा छ । यस्तै ७५ तोला सुन र २ सय ७५ तोला चाँदी, बैंकमा ३७ लाख र एउटा गाडी समेत रहेको उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । 
अर्का उपप्रधानमन्त्री कमल थापासँग काठमाडौंमा एक रोपनी चार आना र हेटौंडामा श्रीमतीको नाममा दुई बिघा सात कट्ठा जग्गा र पक्की घर तथा ललितपुरमा १३ आना जग्गा छ । १ सय १० तोला गहना तथा आफु र छोराको नाममा चारवटा गाडी समेत भएको उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । 
यस्तै उपप्रधानमन्त्री भीम रावलसँग काठमाडौंमा श्रीमती र बुहारीको नाममा घर र जग्गा तथा अछाममा १८ हजार एकसय सात वर्गमिटरको पुर्ख्यौली जग्गा छ । उहाँसित प्रशस्त गरगहना छन् । साढे २० लाख नगद र एउटा कार समेत भएको उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । 
गरिबी तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेका अर्का उपप्रधानमन्त्री चित्रबहादुर केसीसँग पनि धनसम्पत्तिको खाँचो छैन । सामान्य लवाईखवाईमा रमाउने र मन्त्री हुनुभन्दा पहिले सार्वजनिक गाडीमा हिँड्ने उहाँसँग विभिन्न बैंकमा सात लाख ७७ हजार रुपैयाँ छ । यस्तै छोराको नाममा रुपन्देहीमा तीन कट्ठा जग्गा, श्रीमतीको नाममा बाग्लुङमा ६ रोपनी १ आना जग्गा, बुहारीको नाममा ललितपुरमा ४० लाखको जग्गा, डेढ तोलाको सुनको सिक्री, एक तोलाको टप, चार आनाको औंठी रहेको उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।
यस्तै एमाओवादीबाट सरकारमा नेतृत्व गरिरहनुभएका अर्का उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग अर्घाखाँचीमा ६८ रोपनी १४ आना र बुटवलमा एक रोपनी पुर्ख्यौली सम्पत्ति छ । पुर्ख्यौली र बुहारीमार्फत ८ तोला सुन र १२५ तोला चाँदी प्राप्त भएको र १३ लाख रुपैयाँ बैंकमा नगद मौज्दात रहेको उहाँले उल्लेख गर्नुभएको छ । उहाँसँग पार्टीले दिएको बलेरो गाडी, दुईवटा मोटरसाइकल र एउटा स्कुटी पनि छ ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/