Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Assets of Nepali Deputy PMs. Show all posts
Showing posts with label Assets of Nepali Deputy PMs. Show all posts

उपप्रधानमन्त्रीमा को धनी ? – गच्छदारसँग बन्दुक र राइफल, थापासँग चारवटा कार !

काठमाडौं, मंसिर १७ – ६ जना उपप्रधानमन्त्रीमध्ये सीपी मैनालीले मात्र सम्पत्ति विवरण पेश गर्न बाँकी छ । अरु ५ उपप्रधानमन्त्रीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सम्पत्ति विवरण पेश गरेका छन् । विवरण हेर्दा विजयकुमार गच्छदार, कमल थापा र भीम रावलसँग प्रशस्त धनसम्पत्ति देखिन्छ ।
गच्छदारसँग त एउटा राइफल र अर्को एउटा बन्दुक समेत छ । उहाँसँग सुनसरीमा सात विघा जग्गा र चार कोठे पक्की घर, विराटनगरमा श्रीमतीका नाममा १८ कट्ठा जग्गा र पक्की घर तथा ललितपुरमा १३ आना जग्गा छ । यस्तै ७५ तोला सुन र २ सय ७५ तोला चाँदी, बैंकमा ३७ लाख र एउटा गाडी समेत रहेको उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । 
अर्का उपप्रधानमन्त्री कमल थापासँग काठमाडौंमा एक रोपनी चार आना र हेटौंडामा श्रीमतीको नाममा दुई बिघा सात कट्ठा जग्गा र पक्की घर तथा ललितपुरमा १३ आना जग्गा छ । १ सय १० तोला गहना तथा आफु र छोराको नाममा चारवटा गाडी समेत भएको उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । 
यस्तै उपप्रधानमन्त्री भीम रावलसँग काठमाडौंमा श्रीमती र बुहारीको नाममा घर र जग्गा तथा अछाममा १८ हजार एकसय सात वर्गमिटरको पुर्ख्यौली जग्गा छ । उहाँसित प्रशस्त गरगहना छन् । साढे २० लाख नगद र एउटा कार समेत भएको उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । 
गरिबी तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेका अर्का उपप्रधानमन्त्री चित्रबहादुर केसीसँग पनि धनसम्पत्तिको खाँचो छैन । सामान्य लवाईखवाईमा रमाउने र मन्त्री हुनुभन्दा पहिले सार्वजनिक गाडीमा हिँड्ने उहाँसँग विभिन्न बैंकमा सात लाख ७७ हजार रुपैयाँ छ । यस्तै छोराको नाममा रुपन्देहीमा तीन कट्ठा जग्गा, श्रीमतीको नाममा बाग्लुङमा ६ रोपनी १ आना जग्गा, बुहारीको नाममा ललितपुरमा ४० लाखको जग्गा, डेढ तोलाको सुनको सिक्री, एक तोलाको टप, चार आनाको औंठी रहेको उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।
यस्तै एमाओवादीबाट सरकारमा नेतृत्व गरिरहनुभएका अर्का उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग अर्घाखाँचीमा ६८ रोपनी १४ आना र बुटवलमा एक रोपनी पुर्ख्यौली सम्पत्ति छ । पुर्ख्यौली र बुहारीमार्फत ८ तोला सुन र १२५ तोला चाँदी प्राप्त भएको र १३ लाख रुपैयाँ बैंकमा नगद मौज्दात रहेको उहाँले उल्लेख गर्नुभएको छ । उहाँसँग पार्टीले दिएको बलेरो गाडी, दुईवटा मोटरसाइकल र एउटा स्कुटी पनि छ ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/