Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

भारतसँग निहु खोज्नु नेपालको हितमा हुँदैन : भट्टराई

काठमाडौं, मंसिर १७ - पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अहिलेकै अवस्थामा भारतसँग निहुँ खोज्नु नेपालको हितमा नहुने बताउनुभएको छ । भारतले गरिरहेका गलत गतिविधीको बिरोध गर्नुपर्ने तर त्यसविरुद्ध मूर्ख तरिकाले निहुँ खोजेर नेपाललाई कुनै फाइदा नहुने उहाँले बताउनुभयो ।
काठमाडौंमा भएको कार्यक्रममा उहाँले अहिले भारतसँग निहुँ खोज्नुभनेको हात्ती र मान्छेको लडाइँ जस्तै हुने भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले भन्नुभयो, ‘अहीले भारतसँग जोरी खोजेर फाइदा छैन । तर खरायो र सिंहको कथामा जस्तै बुद्धिमतापूर्ण ढंगले लड्न सकेमात्र नेपालको जित हुन्छ ।’ 

नेपालमा भारतले नाकाबन्दी लगाउनुभन्दा धेरै पहिलेदेखि नै मधेस आन्दोलन चलिरहेको भएपनि राज्यपक्षले सुनुवाई नगरेकाले आन्दोलनकारीले नाकामा धर्ना दिएको जिकिर गर्दै भट्टराईले भारतको भूत देखाएर नेपालका शासकले मधेसी जनजाती र थारु समुदायमाथि दमन गर्न नपाउने पनि बताउनुभयो । 
‘ठूलाले सानालाई हेप्नु र पेल्नु अन्तर्राष्ट्रिय राजनीतिको नियमै हो’ भट्टराईले भन्नुभयो, ‘व्यवहारमा पनि साहुमहाजनले गरिब दुःखीलाई हेप्ने र शोषण गर्ने क्रम हुन्छ । त्यसैले आत्मनिर्भरतामा जोड दिउँ ।’ 
मधेसी मोर्चाका नेताहरु लक्ष्मणलाल कर्ण र हृदयेश त्रिपाठीले संविधानले पिछडिएको क्षेत्र मधेस जनजाती मुश्लिम लगायत समुदायको हितमा कुनैपनि व्यवस्था नगरेको जिकिर गर्दै त्यसविरुद्ध मधेसमा आन्दोलन भइरहेको दावी गर्नुभयो । कार्यक्रममा नागरिक अगुवा पद्यमरत्न तुलाधरले सरकार दमन र हिंसामा उत्रिएको भन्दै अब सरकारको विकल्प खोज्ने बेला भइसकेको र नागरिकले सरकारको विकल्प दिनसक्नुपर्ने बताउनुभयो । 
प्राध्यापक कृष्ण खनाल, विश्लेषक सिके लाल लगायतले राज्य गैर जिम्मेवार हुँदा धेरै समस्या निम्तिएको भन्दै पुरा गर्न नसक्ने सम्झौता गर्नु कुनैपनि हालतमा स्वीकार्य नहुने बताउनुभयो । 
Ą
https://www.flickr.com/photos/spklg/15211044551/