Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

'इन्धनका लागि राष्ट्रियता साटिदैंन'

मंसिर १९, २०७२- उद्योगमन्त्री सोम पाण्डेले इन्धनका लागि राष्ट्रियता नसाटिने बताएका छन् । 'यो सरकारले मुलुकको अहित हुने कुनै सन्धि, सम्झौता गर्दैन,' शनिवार एमाले कार्यकर्तालाई आश्वस्त पार्दै उनले भने, 'इन्धनका लागि राष्ट्रिय अखण्डता र स्वाभिमान गिर्न दिदैनौं ।'
उद्योग बाणिज्य संघ नेपालगन्जको साधारण सभा उद्घाटन गर्न आएका मन्त्री पाण्डेले त्यसअघि एमाले पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गरेका हुन् । एमाले केन्दि्रय सदस्य समेत रहेका पाण्डेले भारतले असल छिमेकीको भुमिका निर्वाह गर्नुपर्ने बताए । 'संबिधान संसोधन प्रक्रियाबाट मधेसी मोर्चाका जायज माग पुरा हुनेछन्,' उनले भने, 'तर, बिचलित भएर भारत जानु भएन । स्वदेशमै बार्ता र संबाद गर्नुपर्‍यो ।'
उनले समिति वा आयोगको सिफारिसमा सीमांकन बिबाद टुंगो लाग्ने र भूगोल तथा जनसंख्याको आधारमा मधेसमा निर्वाचन क्षेत्र हुने बताए ।   
News from ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/