Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Nepal Constitution Assembly. Show all posts
Showing posts with label Nepal Constitution Assembly. Show all posts

के छ धारा २५ देखि ३७ मा

भाद्र २८, २०७२- नेपालको संविधान २०७२ को परिमार्जित विधेयकका धाराहरुमाथि दोस्रो दिन संविधानसभामा मतदान भइरहेको छ । साँझ साढे ४ बजेसम्म विधेयकका ३७ वटा धारा पारित भएका छन् । अपरान्ह साढे ३ बजे पुनः बसेको बैठकले १ घढटाको अवधिमा २५ देखि ३७ सम्मका धाराहरु पारित गरेको हो । बैठक ५ बजेसम्मका लागि स्थगित भएको छ । पारित भएका धाराहरु परिमार्जित विधेयकको अंग बनेको सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा बैठकमा घोषणा गरेका छन् । धाराहरुमाथि परेका संसोधन प्रस्तावहरुमाथि ध्वनी मतद्वारा मतदान गराइएको छ ।

संविधान सभामा मतदान जारी: राष्ट्रिय जनावर गाई, मृत्युदण्ड कसैलाई नहुने

संविधानको परिमार्जित विधेयकमाथि साेमबार ११ बजेदेखि प्रत्येक धारामा मतदान भइरहेको छ। आइतबार साँझ संविधान सभाले धारा १, २ र ३ लाई पारित गरेका थिए। सोमबार धारा ४ देखि मतदान भइरहेको छ। 
Image: Kantipur
 
धारा ४ नेपाल राज्य: नेपाल धर्म निरपेक्ष मुलुक हुनेछ भन्ने उल्लेख भएको यो धारा पारित भएको छ। राप्रपा नेपालका कमल थापा लगायतले यो धारामाथि संशोधन प्रस्ताव राखेका थिए। हिन्दू राष्ट्र हुने भन्ने संशोधन संविधान सभाको बहुमतले अस्वीकृत गरेको छ। तीन दलले पनि यो धारामा संशोधन प्रस्ताव दर्ता गराएका थिए। संशोधनअनुसार 'धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ' उल्लेख छ। 

संसदमा कुस्तीबाजको झल्को

काठमाडौं– ‘ल आइज भिड्न...'
‘के गर्छस्? तँ आइज ...'
‘तैंले के खोजेको? सक्छस् भने आइज...!'
‘भ्रष्टाचारी मन्त्रीसँग भिड्न तयार छौं।'
‘भ्रष्टाचारीले नै मन्त्रीलाई भ्रष्टाचारी भन्ने?'
ng zoom 01
माथिको संवाद कुनै घघडान भिडन्तअघि रिङमा एकअर्कालाई उत्तेजित बनाइरहेका कुस्तीबाजको होइन। यो दृश्य र संवाद हो, नयाँबानेश्वरस्थित संसद भवनमा शुक्रबार सत्तारुढ कांग्रेस/एमाले र राप्रपा नेपालका सांसदबीचको, जो बेल र सिटबाट उठेर एकअर्कामाथि आरोप–प्रत्यारोप गर्दै थिए।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/