Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

के छ धारा २५ देखि ३७ मा

भाद्र २८, २०७२- नेपालको संविधान २०७२ को परिमार्जित विधेयकका धाराहरुमाथि दोस्रो दिन संविधानसभामा मतदान भइरहेको छ । साँझ साढे ४ बजेसम्म विधेयकका ३७ वटा धारा पारित भएका छन् । अपरान्ह साढे ३ बजे पुनः बसेको बैठकले १ घढटाको अवधिमा २५ देखि ३७ सम्मका धाराहरु पारित गरेको हो । बैठक ५ बजेसम्मका लागि स्थगित भएको छ । पारित भएका धाराहरु परिमार्जित विधेयकको अंग बनेको सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा बैठकमा घोषणा गरेका छन् । धाराहरुमाथि परेका संसोधन प्रस्तावहरुमाथि ध्वनी मतद्वारा मतदान गराइएको छ ।
२५. सम्पत्तिको हक : (१) प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने,
बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछ ।
स्पष्टीकरण : यस धाराको प्रयोजनका लागि "सम्पत्ति" भन्नाले चल अचल लगायत सबै प्रकारको
सम्पत्ति सम्झनु पर्छ र सो शब्दले बौद्धिक सम्पत्ति समेतलाई जनाउाछ ।
तर राज्यले व्यक्तिको सम्पत्तिमा कर लगाउन र प्रगतिशील करको मान्यता अनुरूप
व्यक्तिको आयमा कर लगाउन सक्नेछ ।
(२) सार्वजनिक हितका लागि बाहेक राज्यले कुनै व्यक्तिको सम्पत्ति अधिग्रहण गर्ने, प्राप्त
गर्ने वा त्यस्तो सम्पत्ति उपर अरु कुनै प्रकारले कुनै अधिकारको सिर्जना गर्ने छैन ।
तर कुनै पनि व्यक्तिले गैरकानूनी रूपले आर्जन गरेको सम्पत्तिको हकमा यो उपधारा
लागू हुने छैन ।
(३) उपधारा (२) बमोजिम सार्वजनिक हितका लागि राज्यले कुनै पनि व्यक्तिको सम्पत्ति
अधिग्रहण गर्दा क्षतिपूर्तिको आधार र कार्यप्रणाली ऐन बमोजिम हुनेछ ।
(४) उपधारा (२) र (३) को व्यवस्थाले भूमिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न, कृषिको
आधुनिकीकरण र व्यवसायीकरण, वातावरण संरक्षण, व्यवस्थित आवास तथा शहरी विकास गर्ने
प्रयोजनका लागि राज्यले कानून बमोजिम भूमि सुधार, व्यवस्थापन र नियमन गर्न बाधा पर्नेछैन ।
(५) उपधारा (३) बमोजिम राज्यले सार्वजनिक हितका लागि कुनै व्यक्तिको सम्पत्ति
अधिग्रहण गरेकोमा त्यस्तो सार्वजनिक हितको सटृा अर्को कुनै सार्वजनिक हितका लागि त्यस्तो
सम्पत्ति प्रयोग गर्न बाधा पर्नेछैन ।
२६. धार्मिक स्वतन्त्रताको हक : (१) धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आˆनो आस्था अनुसार
धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ ।
(२) प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण
गर्ने हक हुनेछ ।
तर धार्मिक स्थल तथा धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्न तथा गुठी सम्पत्ति तथा
जग्गाको व्यवस्थापनका लागि कानून बनाई नियमित गर्न बाधा पुगेको मानिने छैन ।
(३) यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार
र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको
धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुादैन र
त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ ।
२७. सूचनाको हक: प्रत्येक नागरिकलाई आˆनो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना
माग्ने र पाउने हक हुनेछ ।
तर कानून बमोजिम गोप्य राख्नु पर्ने सूचनाको जानकारी दिन कसैलाई बाध्य पारिने
छैन ।
२८. गोपनीयताको हक:  कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्र सम्बन्धी विषयको गोपनीयता कानून बमोजिम बाहेक अनतिक्रम्य हुनेछ ।
२९. शोषण विरुद्धको हक: (१) प्रत्येक व्यक्तिलाई शोषण विरुद्धको हक हुनेछ ।
(२) धर्म, प्रथा, परम्परा, संस्कार, प्रचलन वा अन्य कुनै आधारमा कुनै पनि व्यक्तिलाई
कुनै किसिमले शोषण गर्न पाइने छैन ।
(३) कसैलाई पनि बेचबिखन गर्न, दास वा बाधा बनाउन पाइने छैन ।
(४) कसैलाई पनि निजको इच्छा विरुद्ध काममा लगाउन पाइने छैन ।
तर सार्वजनिक प्रयोजनका लागि नागरिकलाई राज्यले अनिवार्य सेवामा लगाउन सक्ने
गरी कानून बनाउन रोक लगाएको मानिने छैन ।
(५) उपधारा -३) र -४) विपरीतको कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई
पीडकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।
३०. स्वच्छ वातावरणको हक : (१) प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बााच्न पाउने हक
हुनेछ ।
(२) वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानून
बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।
(३) राष्ट्रको विकास सम्बन्धी कार्यमा वातावरण र विकासबीच समुचित सन्तुलनका
लागि आवश्यक कानूनी व्यवस्था गर्न यस धाराले बाधा पुर्‍याएको मानिने छैन ।
३१. शिक्षा सम्बन्धी हक: (१) प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुाचको हक हुनेछ ।
(२) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क
तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ ।
(३) अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानून बमोजिम निःशुल्क
उच्च शिक्षा पाउनेहक हुनेछ ।
(४) दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइ सम्बन्धी अपांगता
भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानून बमोजिम निःशुल्क शिक्षा पाउने हक
हुनेछ ।
(५) नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आˆनो
मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने
हक हुनेछ ।
३२. भाषा तथा संस्कृतिको हक: (१) प्रत्येक व्यक्ति र समुदायलाई आˆनो भाषा प्रयोग गर्ने हक
हुनेछ ।
(२) प्रत्येक व्यक्ति र समुदायलाई आˆनो समुदायको सांस्कृतिक जीवनमा सहभागी हुन
पाउने हक हुनेछ ।
(३) नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आˆनो भाषा, लिपि, संस्कृति,
सांस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्ने हक हुनेछ ।
३३. रोजगारीको हक: (१) प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ । रोजगारीको शर्त, अवस्था र
बेरोजगार सहायता संघीय कानून बमोजिम हुनेछ ।
(२) प्रत्येक नागरिकलाई रोजगारीको छनौट गर्न पाउने हक हुनेछ ।
३४. श्रमकोहक: (१) प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुनेछ ।
स्पष्टीकरण: यस धाराको प्रयोजनका लागि "श्रमिक" भन्नाले पारिश्रमिक लिई रोजगारदाताका
लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदूर सम्झनु पर्छ ।
(२) प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक
सुरक्षाको हक हुनेछ ।
(३) प्रत्येक श्रमिकलाई कानून बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा
सामूहिक सौदाबाजी गर्न पाउने हक हुनेछ ।
३५. स्वास्थ्य सम्बन्धी हक: (१) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त
गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन ।
(२) प्रत्येक व्यक्तिलाई आˆनो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक
हुनेछ ।
(३) प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुाचको हक हुनेछ ।
(४) प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुाचको हक हुनेछ ।
३६. खाद्य सम्बन्धी हक: (१) प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक हुनेछ ।
(२) प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट
सुरक्षित हुने हक हुनेछ ।
(३) प्रत्येक नागरिकलाई कानून बमोजिम खाद्य सम्प्रभुताको हक हुनेछ ।
३७. आवासकोहक: (१) प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ ।
(२) कानून बमोजिम बाहेक कुनै पनि नागरिकलाई निजको स्वामित्वमा रहेको
वासस्थानबाट हटाइने वा अतिक्रमण गरिने छैन ।
News from: Kathmandupost
Ą
https://www.flickr.com/photos/spklg/15211044551/