Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Nepal Constitution. Show all posts
Showing posts with label Nepal Constitution. Show all posts

‘चीनबाट इन्धन ल्याउन सरकारले स्वीकृति दिएन’

आश्विन १७, २०७२- आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले सहज रूपमा व्यापार हुने ठाउँबाट पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बताएका छन्। उनले सरकारले छिमेकी चीनबाट इन्धन ल्याउन अनुमति नदिँदा अहिले असहज अवस्था आएको जिकिर गरे।

यसकारण संविधान निर्माणमा आँखा चिम्लेर हामफालेँ : प्रचण्ड

काठमाडौं– अधिकतम लचकता र पहलकदमीसहित नयाँ संविधान निर्माणमा एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड यतिबेला चर्चामा छन् । ‘जनताका प्रतिनिधिले पहिलोपटक जनताको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान घोषणा गर्दै छन्, जसले पहिलोपटक नेपाली जनतालाई सार्वभौम भनेको छ’, यो कुरामा प्रचण्ड उत्साही देखिन्छन्, खुसी देखिन्छन् र असन्तुष्टको माग सम्बोधन गर्ने रोडम्याप खोज्दैछन् ।

के छ धारा २५ देखि ३७ मा

भाद्र २८, २०७२- नेपालको संविधान २०७२ को परिमार्जित विधेयकका धाराहरुमाथि दोस्रो दिन संविधानसभामा मतदान भइरहेको छ । साँझ साढे ४ बजेसम्म विधेयकका ३७ वटा धारा पारित भएका छन् । अपरान्ह साढे ३ बजे पुनः बसेको बैठकले १ घढटाको अवधिमा २५ देखि ३७ सम्मका धाराहरु पारित गरेको हो । बैठक ५ बजेसम्मका लागि स्थगित भएको छ । पारित भएका धाराहरु परिमार्जित विधेयकको अंग बनेको सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा बैठकमा घोषणा गरेका छन् । धाराहरुमाथि परेका संसोधन प्रस्तावहरुमाथि ध्वनी मतद्वारा मतदान गराइएको छ ।

संविधान सभामा मतदान जारी: राष्ट्रिय जनावर गाई, मृत्युदण्ड कसैलाई नहुने

संविधानको परिमार्जित विधेयकमाथि साेमबार ११ बजेदेखि प्रत्येक धारामा मतदान भइरहेको छ। आइतबार साँझ संविधान सभाले धारा १, २ र ३ लाई पारित गरेका थिए। सोमबार धारा ४ देखि मतदान भइरहेको छ। 
Image: Kantipur
 
धारा ४ नेपाल राज्य: नेपाल धर्म निरपेक्ष मुलुक हुनेछ भन्ने उल्लेख भएको यो धारा पारित भएको छ। राप्रपा नेपालका कमल थापा लगायतले यो धारामाथि संशोधन प्रस्ताव राखेका थिए। हिन्दू राष्ट्र हुने भन्ने संशोधन संविधान सभाको बहुमतले अस्वीकृत गरेको छ। तीन दलले पनि यो धारामा संशोधन प्रस्ताव दर्ता गराएका थिए। संशोधनअनुसार 'धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ' उल्लेख छ। 
Ą
https://www.flickr.com/photos/spklg/15211044551/