Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

गैरआवासीय नेपालीले नागरिकता पाउने

काठमाडौं–विभिन्न मुलुकमा रहेका गैर आवासीय नेपालीले पनि नयाँ संविधान जारी भएपछि नेपाली नागरिकता पाउने भएका छन्।
संविभानको परिमार्जित विधेयकको धारा १४ मा गैर आवासीय नेपालीले पनि नागरिकता पाउने प्रावधान राखिएको छ। तर उनीहरुले राजनीति र संवैधानिक अधिकार भने पाउने छैनन्। संविधानको परिमार्जित विधेयकको धारा १४ मा 'विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको साबिसकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउनेगरी नेपालको गैरआवाशीय नागरिकता प्रदान गर्न सकिने उल्लेख छ। सो धारालाई संविधानसभाको बहुमतले पारित गरेको हो।

बृटिश गोरखालाई नागरिकता दिने संशोधन अस्वीकृत

राष्ट्रिय खुम्बुवान पार्टीका सभासद रामकुमार राईले दर्ता गराएको बृटिश सेनामा कार्यरत नेपालीलाई पनि नागरिकता दिनुपर्ने संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। राईले बृटिश सेनामा कार्यरत नेपालीलाई सरकारले नै पठाएको हुँदा उनीहरुलाई पनि नेपाली नागरिकता दिनुपर्ने प्रस्ताव दर्ता गराएका थिए।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/