Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

तीजमा ब्रत बसेर भनेजस्तै वर–वधू पाइने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?

भाद्र २८, २०७२- 
मलाई त हुन्छ जस्तो लाग्छ । मैले त यसरी नै माया गर्ने, रक्सी नपिउने पति पाएकी छु । 
रीता मोक्तान
९९ प्रतिशत सम्भावना हुन्छ ।
नानु धामी
यो विश्वासभन्दा पनि आस्थाको कुरा हो ।
दिनेश बराल
खोइ, के भन्नु र ? थोरै विश्वास छ भन्नुपर्ला ।
रन्जु राई
त्यस्तो हुने भए ऐश्वर्या रायका लागि व्रत बसिन्थ्यो नि । पूरा हुने भए ऐश्वर्याले अभिषेक बच्चनसँग हिंड्नु पर्दैनथ्यो ।
सागर लामिछाने
कागले कान लग्यो भनेर कागको पछि दौडने कि आफ्नो कान छाम्ने ?
रोशन घलान तामाङ
सबै कुरा आस्था र विश्वासमा अडेको हुन्छ । पूजा–पाठ, धर्म–कर्म परम्पराअनुसार गरिने कुरा हो । व्रत बस्दैमा केही पाउने र केही कुरा गुमाउने हुँदै होइन ।
अज्ञात 
तीजमा व्रत बस्दैमा शिवजस्तो पति पाइने भए कंशकी श्रीमतीले चाहिँ के व्रत नबसेर उनलाई श्रीमान्का रूपमा पाएकी हुन् ?
उमेश थिंलाबु
अरूको चाहिँ भन्न सक्दिनँ, मैलेचाहिँ भनेजस्तै पाएँ, खुसी छु । 
फमा लिङ्थेप लिम्बू
खोइ आफू त व्रत नै बसेको छैन । बसे पनि वरचाहिँ मगिदैन । बरु यसपालि बस्नु पर्ला । हेरौं, कस्ती कन्या पाइँदो रै’छ ।
हरि बुढाथोकी
जसले भगवान्प्रति विश्वास गर्छ उसले आँटेको कुरा अवश्य पूरा हुन्छ ।
रेशम आरबी
मलाई त विश्वास लाग्दैन । यदि त्यस्तो हुँदो हो त सबै केटी डाक्टर–इन्जिनियर खोज्दा हुन् तर त्यस्तो कहिल्यै हुँदैन । पहिले आफू राम्रोसँग पढ्नुहोस् अनि त्यस्तै श्रीमान् रोज्नुहोस् । भोकभोकै बसेर हुनेवाला केही छैन । 
सुमन कार्की
कोमल वलीसँग सोधपुछ गरे भैगो ’नि । पोइला जान पाम भनेर फुरफुर उफ्रनेलाई थाहा होला नि । 
अमर गुरुङ
यो हाम्रो पुरानो परम्परा हो । भोकै बसेर व्रत बस्दा मात्र भने जस्तो वर पाइने भए एकदिन मात्र होइन, धेरै दिन ब्रत बस्थे ? मानिसहरू धार्मिक विश्वासका कारण मात्र व्रत बसेका हुन् जस्तो लाग्छ मलाई त ।
टंक बस्नेत मुस्कान
अन्धविश्वास ।
खेमराज हाङ्खिम
वर होइन, बहरचाहिं पाउँछन् ।
सुबास छबेगु
व्रत बसेर भनेजस्तो वर पाइने भए अहिलेसम्म सबै कन्याकुमारीको विवाह भैसक्थ्यो ।
मनोज तुम्बापो लिम्बु 
मलाई चैं थाहा भएन । पहिले उनीसँग सोध्छु अनि बताउँला ।
संयोग शिशिर
यो त एउटा आस्था हो । विश्वास गर्ने–नगर्ने आ–आफ्नो ठाउँमा छ । व्रत बस्ने भन्दैमा केही पनि नखाई बस्नुचाहिँ उपयुक्त होइन । राम्रो वर चाहने हो भने मनमा सुविचार ल्याउनुपर्छ, टन्न खानुपर्छ, पढ्नुपर्छ, कुनै न कुनै इलम गर्नुपर्छ, आफ्नो खुट्टामा उभिनुपर्छ । 
कान्छा मगर 
यो त एउटा आस्था मात्र हो । ब्रत बस्नेले के–कस्ता जोडी पाउँछन्, विवाहपछि थाहा हुन्छ ।
देब भुजेल
हाँस उठ्ने प्रश्न गर्नुभयो— मरें म त ।
औदाप राई
यो कुरा त व्रत बसेर विवाह गरेका महिलाहरूसँग सोध्नुपर्छ । 
दीपेन्द्र कँडेल
व्रत बसेर चाहेको कुरा पाइने भए म हप्तामा ३ दिन व्रत बस्थें । यद्यपि व्रत स्वास्थ्यका दृष्टिले राम्रै हुन्छ ।
जगत बुल्बुल`
From Saptahik
Ą
https://www.flickr.com/photos/spklg/15211044551/