सिंगो माओवादी आन्दोलनमा एउटा नाम जबर्जस्त जोडिएर आउँछ, नन्दकिशोर पुन ‘पासाङ’ । राङसी–९, रोल्पाका नन्दकिशोर पुनलाई जनयुद्धले ‘पासाङ’ बनायो । जनयुद्धमा छद्म नाम राख्ने प्रचलनअनुरुप पुनले आफ्नो नाम पासाङ राखेका हुन् । जनयुद्धको तयारी र सुरुवाती चरणमा भने उनले आफ्नो नाम ‘लिफङ’ राखेका थिए ।
पासाङको जन्म रोल्पाको राङसी–९ मा ७ कात्तिक ०२२ मा भएको हो, बुवा रामसुर र आमा मनसरा पुनको कोखबाट । पुन पाँच भाइमध्ये माइला हुन् । उनका तीन दिदीबहिनी छन् ।
पासाङको जन्म रोल्पाको राङसी–९ मा ७ कात्तिक ०२२ मा भएको हो, बुवा रामसुर र आमा मनसरा पुनको कोखबाट । पुन पाँच भाइमध्ये माइला हुन् । उनका तीन दिदीबहिनी छन् ।