Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

उपराष्ट्रपति नन्दबहादुर पुन, ३२५ मत प्राप्त

काठमाडौं– व्यवस्थापिका संसदमा शनिबार भएको उपराष्ट्रपतिको निर्वाचनमा ३ सय २५ मतका साथ नन्दबहादुर पुन विजयी भएका छन्। उनी सत्तारुढ घटकका तर्फबाट एकीकृत नेकपा माओवादीका उम्मेद्वार हुन्।
उनका प्रतिस्पर्धी नेपाली कांगे्रसका तर्फबाट अमियकुमार यादवले २ सय १२ मत प्राप्त गरेका सभामुख ओनसरी घर्तीले निर्वाचन परिणम घोषणामा उल्लेख गरेकी छन्। निर्वाचनमा कुल ५ सय ४७ मत खसेकोमा १० मत बदर छ।


संसद सचिवालयले दिएको जानकारीअनुसा तत्काल वाहल रहेको सांसद संख्या ५ सय ९६ छ। यसअघि राष्ट्रपतिको निर्वाचनमा कुल ५ सय ९७ सांसद बाहल थिए । विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि उपराष्ट्रपति निर्वाचनमा एक सांसद संख्या कम भएको हो । विद्यादेवी भण्डारी राष्ट्रपति भएको र राष्ट्रपति निर्वाचनमा पार्टी निर्णय विपरीत मतदान गरेकी सांसद माधवी रानी साहले उपराष्ट्रपति निर्वाचनमा भाग नलिएकी हुन्। यस अघिको राष्ट्रपति निर्वाचनमा कुल ५ सय ४९ सांसदले मतदान गरेको थिए। संयुक्त मधेसी मोर्चा आवद्ध सांसदले प्रधानमन्त्रीको निर्वाचनमा भाग लिएपछि त्यसयताका अन्य निर्वाचनमा भाग लिएनन्।

यस परिणामसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुखमा सत्तारुढ घटककै उम्मेदवारहरु निर्वाचित भएका छन्। 
News from: Nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/