Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

राष्ट्रपतिमा भण्डारीलाई मतदान गर्दा निलम्बन

काठमाडौं–राष्ट्रपति निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विद्यादेवी भण्डारीलाई मतदान गरेको भन्दै सद्भावना पार्टीले आफ्ना सांसद माधवी रानी साहलाई निलम्बन गरेको छ। 
राजेन्द्र महतो नेतृत्वको सद्भावनाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र पार्टीको निर्णयविपरीत मतदानमा भाग लिएको भन्दै साधारण सदस्यसमेतबाट निलम्बन गरेको हो। पार्टी अध्यक्ष महतोको निर्देशनानुसार सांसद साहलाई साधारण सदस्यताबाट समेत निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाएको महासचिव मनिष सुमनले बताए। 'राष्ट्रपति निर्वाचनमा पार्टीको हित र प्रतिष्ठाविपरीत मतदान गरेकाले पार्टी विधान २०४७ को धारा २६ (३) बमोजिम पार्टी अध्यक्ष राजेन्द्र महतोज्यूको निर्देशनानुसार माननीय माधवी रानी साहलाई पार्टीको साधारण सदस्यतासमेतबाट आजैको मितिदेखि निलम्बन गरी अनुशासनको कारबाही अघि बढाइएको छ,' सुमनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि पार्टीका अन्य सभासदले तत्कालीन संविधानसभाबाट राजीनामा दिँदा पनि साहले भने राजीनामा दिएकी थिइनन् । पार्टी निर्णयअनुसार प्रधानमन्त्री, सभामुखको चुनावमा भाग नलिएकी सांसद साहले मुलुकमै पहिलोपटक महिला राष्ट्रपति चयन हुन लागेको भन्दै उक्त चुनावमा भाग लिन आएको प्रतिक्रिया दिएकी थिइन्।
News from: nagariknews
Ą
https://www.flickr.com/photos/spklg/15211044551/