Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मिस टुरिजम क्वीन इन्टरनेसनलमा निरिशा


कार्तिक १४, २०७२- चीनको वेन्झाउमा हाल विश्वका ९३ मुलुकका सुन्दरीहरु मिस टुरिजम क्वीन इन्टरनेसनलमा सहभागिता गर्न भेला भैरहेका छन् । नेपालको तर्फवाट उक्त प्रतिस्पर्धामा निरिशा बस्नेतले सहभागिता जनाएकी छिन् ।  निरिशा मिस टुरिजम इन्टरनेसनल क्वीन २०१५ मा नेपालको तर्फबाट सहभागिता जनाउन चीन पुगेकी हुन् । ५फिट ४ इन्च अग्ली २१ वर्षिया निरिशा बस्नेत मोडल क्वेस्ट इन्टरनेसनल नेपाल २०१५ की विजेता पनि हुन् ।
सुपर मोडल बन्ने लक्ष्य राखेकी निरिशाको झुकाव संचार क्षेत्रमा पनि रहेको छ । उनले एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट बिबिए बिआई सम्मको अध्ययन पूरा गरेकी छिन् ।  मिस टुरिजम क्वीन इन्टरनेसनल २०१५ मा निरिशाले ट्यालेन्ट राउन्डका लागि देवी नाच प्रदर्शन गर्नेछिन् भने विभिन्न प्रतिस्पर्धाका लागि उनले ओढनी बुटिकले तयार पारेका पहिरिन लगाउने छिन् । मिस टुरिजम क्वीन इन्टरनेसनलमा निरिशाको सहभागिता र समन्वयको कार्य ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले गरेको हो । सो प्रतियोगिता गत अक्टोबर २८ देखि प्रारम्भ भई आगामी नोभेम्बर ११ सम्मका लागि तोकिएको छ भने फाइनल प्रतिस्पर्धा नोभेम्बर ९ मा सम्पन्न हुनेछ । मिस टुरिजम क्वीन इन्टरनेसनलमा यस अघि नेपालबाट सिसेलिया गुरुङ, कुन्छाङ मोक्तान, हेमा श्रेष्ठ, रिचा थापा र समृद्धि राईले प्रतिनिधित्व गरिसकेकी छन् । जस मध्ये समृद्धिले सन् २०११ को मिस टुरिजम क्वीन इन्टरनेसनलमा मिस पर्सनालिटी अवार्ड जितेकी थिइन् । 
Posted on: Saptahik
Ą
https://www.flickr.com/photos/spklg/15211044551/