Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label CPN UML Leader. Show all posts
Showing posts with label CPN UML Leader. Show all posts

मधेस अान्दोलनको स्पष्ट एजेण्डा छैनः ज्ञवाली

महतोजी भन्नुहुन्छ, अंगिकृत नागरिक राष्ट्रपति, प्रधानमन्त्री बन्न पाउनु पर्छ, यादवजी भन्नुहुन्छ– त्यो हाम्रो माग होइन
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले संघीय आयोगको सिफारिस र राजनीतिक दलहरुको सहमतिको आधारमा सीमांकनमा फेरबदल गर्न तयार रहेको स्पष्ट पारेका छन । 
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘सीमांकन परिवर्तन गर्न हामी तयार छौ तर कस्ले र कसरी गर्ने भन्नेमा विवाद छ । आयोगले गर्दा राम्रो हुन्छ । कुन जिल्ला कहाँ राख्ने, कति टुक्र्याउने भन्ने कुरा अहिले गर्न सकिदैन । उहाँहरुले भने जस्तो भोली नै सीमांकन हुँदैन । उहाँहरुको प्रतिनिधिसमेत राखेर आयोग गठन गरेर अघि बढ्नु पर्छ ।’
 
ज्ञवालीले मधेसलाई पहाडसँग पुरै अलग गरेर दुई खाले राष्ट्रियता विकास गर्ने र एउटा जातिको मात्रै क्लष्टर हुने गरी जातीय राज्य बनाउने कुराबाहेक सीमांकनमा तलमाथि पार्दा केही फरक नपर्ने भन्दै देशलाई अप्ठ्यारोमा पारेर प्राप्त गरिने उपलब्धि दिगो हुन नसक्ने दावी गरे । 
 
मधेस आन्दोलनको स्पष्ट एजेण्डा नरहेको दावी गर्दै उनले भने,‘राजेन्द्र महतो अंगिकृत नागरिकता बाहकले राष्ट्रपति, प्रधानमन्त्री बन्न पाउनु पर्छ भन्नु हुन्छ, उपेन्द्र यादवजी त्यो हाम्रो मागै होईन भन्नु हुन्छ । मागको गन्तब्य प्रष्ट छैन ।’
 
सचिव ज्ञावलीले नेपाल पुरै भारतसँग निर्भर भएको भनि कमजोरी देखाई दिएकोमा भारतलाई धन्यबाद दिदै अब चीनसँग भारतको जस्तै ब्यापार र पारवहन सन्धी गर्ने तयारीमा सरकार रहेको जानकारी दिए । 
 
कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले भारतको छिमेकी नेपाल हो कि सिमित जिल्ला भनि प्रश्न गर्दै भारतको सुरक्षा चासो राख्ने विशेष, जानकार र विज्ञहरुसँग नेपालले गंभिर रुपमा छलफल गर्नु पर्नेमा जोड दिए । उनले भने,‘आठ जिल्ला र केही मान्छेलाई पकडेर भारतलाई कति फाईदा पुग्छ ? उसले सोच्नुपर्छ । भारतले स्थायी सम्बन्ध छाडेर अस्थायी सम्बन्ध राख्नु हुँदैन ।’
 

उनले हिमाल पारि सुतिरहेको सिंह रुपी चीनलाई नेपालमा भारतले किन आमन्त्रित गरिरहेको छ ? उसको विदेश नीति बुझ्न नसकेको भन्दै बुढो भईसकेको नेपालको हिमालले अब यस्तो अवस्थामा भारतको सुरक्षा गर्न नसक्ने स्पष्ट पारे । 
From: Setopati.com

एकढिक्का भएर प्रस्तुत हुन अध्यक्ष ओलीको सभासद्लाई निर्देशन

भाद्र २७, २०७२- नेकपा (एमाले)ले दलका सबै सभासद्लाई संविधानसभाको प्रक्रियामा सहभागी हुन आह्वान गर्ने निर्णय गरेको छ ।
एमाले संसदीय दलको आइतबार संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको बैठकले संविधानसभाको चालु प्रक्रिया समाप्त नभएसम्मका लागि यताउता नलाग्न र संविधानसभा नछोड्न सभासद्लाई निर्देशन दिएको छ ।

असन्तुष्ट दलहरुलाई पनि सहमतिमा ल्याउनुपर्छ :नेपाल

परासी-नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले १६ बुँदे सहमतिप्रति असन्तुष्ट रहेका दलहरुलाई पनि सहमतिमा ल्याउने प्रयत्न भइरहेको बताएका छन् ।
शनिबार नवलपरासीको कावासोतीमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले असन्तुष्ट पक्षलाई पनि संवाद र छलफलमार्फत सहमतिमा ल्याउने प्रयास भइरहेको बताएका हुन् ।देशको अहिलेको परिस्थिति असहमतिको कुरा गर्ने खालको नभएकाले सबै पक्षले अब सहमतिका लागि अगाडि बढ्नुपर्ने नेपालको भनाइ थियो । केही मधेसी दलहरुले सहमतिप्रति असन्तुष्ट नभई पार्टीको स्थान र भूमिकाका विषयमा मात्रै फरक कुरा राखेको नेता नेपालको दाबी छ ।

सहमतिकै विरोधभन्दा पनि उहाँहरुले आफ्नो र आफ्नो पार्टीको भूमिका के त भन्ने विषयमा असन्तुष्ट रहेकाले त्यसलाई पनि सम्बोधन गर्न सकिने नेपालको तर्क थियो ।जटिलताको सामना गर्न सक्ने हिम्मत नगर्ने हो भने सविधान नै जारी गर्न नसकिने तर्क गर्दै उनले केही अनुसूचीलाई थाती राख्दैमा समस्यै पर्छ भन्नु गलत भएको टिप्पणी गरे।धेरै लामो प्रयासपछि देशले निकास पाएको भन्दै उनले अब यो घडीमा सबै क्षेत्रबाट सकारात्मक कुराहरु आउनु पर्ने बताए ।संविधान जारी भएपछि राष्ट्रपति, सभामुखदेखि सरकार परिवर्तन हुने उनले बताउनुभयो । रासस
 

राष्ट्रिय सम्मानका साथ नेतृ प्रधानको अन्त्येष्टि

काठमाडौं-एमाले नेतृ साहना प्रधानको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। छोरा उमेशले दगबत्ती दिनुअघि उनको शवलाई एमाले अध्यक्ष केपी ओलीले पार्टीको झन्डा र गृहमन्त्री बामदेव गौतमले सरकारको तर्फबाट राष्ट्रिय झन्डा ओडाएका थिए।

Ą
https://www.flickr.com/photos/spklg/15211044551/