Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

एकढिक्का भएर प्रस्तुत हुन अध्यक्ष ओलीको सभासद्लाई निर्देशन

भाद्र २७, २०७२- नेकपा (एमाले)ले दलका सबै सभासद्लाई संविधानसभाको प्रक्रियामा सहभागी हुन आह्वान गर्ने निर्णय गरेको छ ।
एमाले संसदीय दलको आइतबार संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको बैठकले संविधानसभाको चालु प्रक्रिया समाप्त नभएसम्मका लागि यताउता नलाग्न र संविधानसभा नछोड्न सभासद्लाई निर्देशन दिएको छ ।
बैठकपछि एमालेका सभासद् गङ्गालाल तुलाधरले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सभासद्लाई संविधान निर्माण प्रक्रियामा भाग लिन र सहभागी हुनका लागि आग्रह गर्ने निर्णय गरेको बताए ।
बैठकमा संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले संविधान लेखन प्रक्रियालाई पूर्णरुपमा सफल बनाउन एकलर्को, एकढिक्का भएर प्रस्तुत हुन सबै सभासद्लाई निर्देशन दिएका थिए ।

Ą
https://www.flickr.com/photos/spklg/15211044551/