Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

५ बजेसम्मलाई संविधानसभा स्थगित, अाजै मतदान हुने

भाद्र २७, २०७२- शीर्ष नेताहरुको सम्बोधन सकिएपछि संविधानसभा बैठक साँझ ५ बजेसम्मका लागि स्थगित भएको छ । साँझ बस्ने बैठकमा संविधान बिधेयक र त्यसमा राखिएका संशोधनहरुमाथि मतदान हुने सभाध्यक्ष सुवास नेम्वाङले बताएका छन् ।
.........................
एमाले अध्यक्ष केपी अोलीपछि अहिले प्रधानमन्त्री सुशील कोइराला संविधान सभामा संवोधन गर्दैछन् । उनले वार्ता नै सबै समस्याको एकमात्र समाधान भएको बताएका छन् ।
.........................
संविधानसभामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे, राप्रपा नेपालका अध्यक्ष कमल थापा र एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहालले संवोधन गरेका छन् । थापा र दाहालले अाफ्नो फरक मत पनि पेश गरेका छन् । अहिले एमाले अध्यक्ष बोल्दै छन् ।
.........................
दुई दिन स्थगित संविधानसभाको बैठक आज सुरु भएको छ ।
बैठकले प्रमुख दलका शीर्ष नेताले बोल्ने कार्यक्रम छ । शीर्ष नेताको सम्बोधन सकिएपछि संविधानको विधेयकमा मतदान सुरु गर्ने संविधानसभा सचिवालयको तयारी छ ।
आज साढे ११ बजे बोलाइएको बैठक ढिलो गरी सुरु भएको हो ।
सीमांकनमा असहमति जनाउँदै आन्दोलनरत दलसँग वार्ताको लागि आह्वान गर्दै शुक्रबारदेखि संविधानसभा स्थगित गरिएको थियो । तर, सरकार र तीन दलले वार्ताको लागि गरेको आह्वान आन्दोलनरत दलले अस्वीकार गरेपछि फलदायी वार्ता हुन सकेन ।
आन्दोलनरत दलहरुले संविधानसभाको प्रक्रिया स्थगित गरेर वार्ता आह्वान गर्नुपर्ने सर्त राखेपछि प्रमुख दलको आग्रहमा समाभुख सुबास नेम्वाङले शुक्रबारदेखि दुई दिन बैठक स्थगित गरेका थिए ।
सत्तारुढ दल कांग्रेस र एमालेले वार्ता जारी राख्दै संविधान निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/