Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

राष्ट्रिय सम्मानका साथ नेतृ प्रधानको अन्त्येष्टि

काठमाडौं-एमाले नेतृ साहना प्रधानको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। छोरा उमेशले दगबत्ती दिनुअघि उनको शवलाई एमाले अध्यक्ष केपी ओलीले पार्टीको झन्डा र गृहमन्त्री बामदेव गौतमले सरकारको तर्फबाट राष्ट्रिय झन्डा ओडाएका थिए।

प्रधानलाई अन्तिम श्रद्धान्जली दिन विभिन्न दलका नेता तथा कार्यकर्ता आर्यघाट पुगेका थिए। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेल, कांग्रेस नेतृ सुजाता कोइराला लगायतका नेता आर्यघाट पुगेरै प्रधानको पार्थिव शरीरमा अन्तिम श्रद्धान्जली चढाएका थिए।

तीन दिन पार्टीको झन्डा झुकाइने

नेकपा एमालेले नेतृ सहाना प्रधानको निधनको शोकमा तीन दिन पार्टीको आधा झन्डा झुकाउने भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारीगर्दै नेतृको मृत्युको शोक स्वरुप तीन दिन झन्डा झुकाउने जानकारी दिएका हुन्। त्यस्तै, एमालेले असोज ११ गते पार्टी कार्यालय बल्खुमा श्रद्धान्जली कार्यक्रम आयोजना गर्ने समेत निर्णय गरेको छ।

 नेतृ प्रधानको गए राति निधन भएको थियो। लामो समयदेखि अस्वस्थ्य प्रधानलाई बयोधा अस्पतालमा निधन भएको हो।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/