Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मुम्बईमा कमल थापाले भने–परिवर्तनकारी शक्तिहरु असफल भए

काठमाडौं, असोज ७–राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतको मुम्बईमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरुसंग भेटघाट गरेका छन् ।
त्यस अवसरमा उक्त समुदायलाई संबोधन गर्दै राप्रपा नेपालले आगामी महानिर्वाचन तथा स्थानीय निर्वाचनमा महत्वपूर्ण परिणाम ल्याउने अपेक्षा गरेको बताउंदै प्रबासमा बसोबास गर्ने प्रत्येक नेपालीले राष्ट्रिय हितका लागि योगदान पु¥याउने उद्देश्यले उदियमान राष्ट्रवादी शक्ति राप्रपा नेपाललाई साथ दिन आग्रह गरे ।

अध्यक्ष थापाले नेपालभन्दा पछि शान्ति प्रक्रियामा संलग्न भएको श्रीलंकाले गरेको प्रगति र समृद्धिलाई आफूले हालैको आफ्नो भ्रमण अवधिमा प्रत्यक्ष अनुभव गरेको बताउंदै नेपालका परिवर्तनकारी शक्तिहरु भने शान्ति प्रक्रियालाई दिशा निर्देश गर्न असफल भएको कुरा बताए । यसले पनि राष्ट्र र जनताको हितका लागि राप्रपा नेपालले लिएको राजनीतिक मार्गदर्शन सही भएकाले राप्रपा नेपालको भविष्य सुन्दर रहेको थापाले विश्वास प्रकट गरे ।
भेटघाटका अवसरमा स्थानीय नेपाली बुद्धिजीवि तथा नेपाली समुदायले हिन्दुत्वका लागि राप्रपा नेपालले लिएको अडानको समर्थन गर्दै राप्रपा नेपाललाई सहयोग पु¥याउने कुरा बताएका थिए । यसैक्रममा भारतको महाराष्ट्र वरीपरी रहेका गुजरात, मध्यप्रदेश, आन्ध्रप्रदेशलगायका राज्यहरुमा राप्रपा नेपालसंग आवद्धता हुने नेपाली सम्पर्क समाज स्थापना गरी यथासक्य छिटो आप्रवासी नेपालीहरुको अधिवेशन गर्ने प्रतिबद्धता जनाएका थिए ।
नेपालमा विदेशीहरुको सहयोगमा धर्म परिवर्तन गर्ने कार्य भइरहेको दुःख प्रकट गर्दै यसका लागि राप्रपा नेपालका अध्यक्षलाई व्यक्तिगत रुपमै पहल गरिदिनु आग्रह गरेका छन् ।
सो अवसरमा भ्रमण दलमा सम्मिलित राप्रपा नेपालका कोषाध्यक्ष उद्धव पौडेल र केन्द्रीय सदस्य तथा अन्तराष्ट्रिय विभागका सदस्य सचिव सुरेश आचार्य पनि उपस्थित थिए ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/