Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

असन्तुष्ट दलहरुलाई पनि सहमतिमा ल्याउनुपर्छ :नेपाल

परासी-नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले १६ बुँदे सहमतिप्रति असन्तुष्ट रहेका दलहरुलाई पनि सहमतिमा ल्याउने प्रयत्न भइरहेको बताएका छन् ।
शनिबार नवलपरासीको कावासोतीमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले असन्तुष्ट पक्षलाई पनि संवाद र छलफलमार्फत सहमतिमा ल्याउने प्रयास भइरहेको बताएका हुन् ।देशको अहिलेको परिस्थिति असहमतिको कुरा गर्ने खालको नभएकाले सबै पक्षले अब सहमतिका लागि अगाडि बढ्नुपर्ने नेपालको भनाइ थियो । केही मधेसी दलहरुले सहमतिप्रति असन्तुष्ट नभई पार्टीको स्थान र भूमिकाका विषयमा मात्रै फरक कुरा राखेको नेता नेपालको दाबी छ ।

सहमतिकै विरोधभन्दा पनि उहाँहरुले आफ्नो र आफ्नो पार्टीको भूमिका के त भन्ने विषयमा असन्तुष्ट रहेकाले त्यसलाई पनि सम्बोधन गर्न सकिने नेपालको तर्क थियो ।जटिलताको सामना गर्न सक्ने हिम्मत नगर्ने हो भने सविधान नै जारी गर्न नसकिने तर्क गर्दै उनले केही अनुसूचीलाई थाती राख्दैमा समस्यै पर्छ भन्नु गलत भएको टिप्पणी गरे।धेरै लामो प्रयासपछि देशले निकास पाएको भन्दै उनले अब यो घडीमा सबै क्षेत्रबाट सकारात्मक कुराहरु आउनु पर्ने बताए ।संविधान जारी भएपछि राष्ट्रपति, सभामुखदेखि सरकार परिवर्तन हुने उनले बताउनुभयो । रासस
 
Ą
https://www.flickr.com/photos/spklg/15211044551/