Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

हिरोइन बनाइदिने भन्दै महिनौदेखि किशोरीमाथि सामूहिक बलात्कार

कोहलपुर–नेपाली चलचित्रको हिरोइन बनाइदिन भन्दै कोहलपुरकी एक १६ वर्षीया किशोरीलाई तीन युवकले पोखरामा एक महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको छ। हिरोइन बनाइदिने भन्दै होटलमा बन्धक बनाइ ती किशोरीलाई बलात्कार गर्ने दुई युवकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पोखराबाट पक्राउ गरिसकेको छ।
किशोरीलाई गएको बैशाख ३० गते पोखरामा सुनचाँदीको पसल गर्ने रावल सिंह, राजा सिंह र सिमान्त दुलाईले हिरोइन बनाई दिने भन्दै पोखरा लिएका थिए। बलात्कारमा संग्लन रावल र राजा सिंहलाई पोखराबाटै पक्राउ गरिएको कोहलपुर प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले बताए। हिरोइन बनाउँने भन्दै कोहलपुरबाट हिडेकी ती किशोरीलाईबीच बाटोमै बिहोस हुने औषधी खुवाएर बलात्कार गर्दै होटलमा बन्धक बनाएको पाएको छ।
तीन युवकको बन्धकबाट भागेर कोहलपुर आइपुगेकी ती किशोरीले जेठ २८ गते प्रहरीमा हिरोइन बनाउँने भन्दै बन्धक बनाएर बलात्कार गरेको उजूरी दिएको डिएसपी शाहीले बताए। युवकले कोेहलपुरबाट पोखरा लिएर हिरोइन बनाउँनै भन्दै मोटरसाइकलमा लिए पछि कोहलपुर जंगल, विरगन्ज बजार र पोखरामा औषधी खुवाएर बलात्कार गरेको उजूरीमा उल्लेख गरिएको उनले भने। उजूरीमा किशोरीले बेहोस भनाई बलात्कार गरेको र भारतमा बेचबिखनका लागि बिरगञ्जसम्म पुर्याएको उल्लेख छ।
पोखराबाट पक्राउ गरिएका अभियुक्तलाई जर्वजस्तीकरणी र मानव बेचविखनविरुद्धको मुद्दा दर्ता गरेको डिएसपी शाहीले जानकारी दिए। सिनेमाको राम्रो सिनेस्टार बनाई दिने भन्दै फकाएर उनलाई लिएको भएपनि युवाहरुको योजना भने गलत देखिएको प्रहरीले जनायो। बन्धक बनाई बलात्कारमा संग्लन सिमान्त दुलाई भने फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनायो। घटनाको अनुसन्धान भैइरहेको र घटनामा अन्यको समेत संग्लन हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
सिनेमाको हिरोइन बनाई दिन्छु भन्दै ललाईफकाई गरी साथमा लिएपछि उनीहरुले महिनासम्म बन्धक बनाई सामूहिक बलात्कार गरेको खुल्न आएको छ। अभियुक्त तीनजना युवाहरु पोखरामा सुनचाँदीको पसल गर्दै आएका थिए। सिनेमामा हिरोइन सपना देखाएका उनीहरुले पहिलो दिनमै बाँके राष्ट्रिय निकुञ्जमा लिई औषधी खुवाएर बलात्कार गरेको पीडितले प्रहरीलाई जानकारी गराएकी छिन्। महिनौपछि पोखराको एक होटलको बन्धकबाट फुत्किएकी किशोरीले तीनै जनालाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेकी छिन्। उनको जाहेरीपछि प्रहरीले घटनालाई गम्भीरका रुपमा लिई अनुसन्धान गरिरहेको छ। मुख्य दुई अभियुक्त पक्राउ परिसकेकोले घटनाको वास्तविकता छिट्टै बाहिर आउने प्रहरीले जनायो।

हिरोइन बनाई दिने भन्दै किशोरी बलात्कार भएको घटनालाई प्रहरीले संम्वेदनशील रुपमा लिएको छ,' डिएसपी जनकबहादुर शाहीले भने। घटनामा फरार रहेका अर्का अभियुक्त पनि चाँडै फक्राउ हुने र स्थानीय व्यक्तिको समेत सहयोगी भूमिका रहेको हुनसक्ने उनले जनाए। कोहलपुरमै उच्चशिक्षा पढ्दै गरेकी ती किशोरी सामूहिक बलात्कारको सिकारपछि मानसिक र शारीरिक समस्या देखिएको समेत प्रहरीले जनायो।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/