Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

क्लासिकको इन्ड–क्ल्याप

मंसिर २७, २०७२- 
‘नोभेम्बर रेन’ को व्यवसायिक सफलतापछि निर्माता सुवास गिरीले अभिनेता अर्यन सिग्देलसंग मिलेर निर्माण गरेको चलचित्र ‘क्लासिक’ को छायांकन सम्पन्न भएको छ । दिनेश राउतद्वारा निर्देशित यो चलचित्रको छायांकन करिव ५० दिनमा पुरा भएको हो । छायांकनको अन्तिम दिन काठमाडौंमा आयोजित एक समारोहमा चलचित्रका मुख्य कलाकार आर्यन सिग्देल तथा नम्रता श्रेष्ठले एक–अर्काको कामको प्रसंसा गरेका छन् । चलचित्रमा आर्यन र नम्रता दृष्टिबिहिनको भूमिकामा प्रस्तुत भएका छन् ।

इन्ड–क्ल्याप कार्यक्रममा अभिनेता आर्यन सिग्देलले ‘क्लासिक’ समावेश भएको विषयवस्तुलाई दर्शकले लामो समयसम्म याद गर्न सक्ने दावी गर्दै भने—‘चलचित्र यस्तो प्रेमकथामा काम गर्ने चाहना हरेक कलाकारमा हुनेछ ।’ अभिनेत्री नम्रता श्रेष्ठले चलचित्र कथावस्तुसंगै यूनिट पनि आफ्ना लागि विशेष भएकाले क्लासिक करिअरकै महत्वपूर्ण चलचित्र भएको स्पष्ट पारिन् । माघ २९ गतेदेखि प्रदर्शन हुने यो चलचित्रका छायांकार राजेश श्रेष्ठ हुन् भने ताराप्रकाश लिम्बु यो चलचित्रका संगीतकार हुन् । 

News from Saptahik
Ą
https://www.flickr.com/photos/spklg/15211044551/