Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

बराबरीले बार्सिलोना स्तब्ध, म्यानयूमाथि बर्नमाउथ हावी

मंसिर २७, २०७२- खेलको अन्तिम १४ मिनेटमा अग्रता बचाउन नसक्दा बार्सिलोना गएराति भएको ला लिगाको खेलमा डिपोर्टिभोसँग २–२ को बराबरीमा रोकिएको छ ।
लियोनल मेसी र राकिटिकले गरेको गोलले अग्रता लिएको टोलीलाई डिपोर्टिभोले नाटकीय रुपमा बराबरीमा रोकिदियो ।
बार्सिलोनाको लागि ३९ औं मिनेटमा लियोनल मेसीले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा इभान राकिटिकले दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए ।
डिपोर्टिभोका लागि पेरेज मार्टिनेजले ७७ औं र गार्सियाले ८६ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई बराबरीको स्थितिमा ल्याइ पुर्‍याए ।
प्रिमियर लिगमा गएराति बोर्नमाउथले म्यान्चेष्टर युनाइटेडलाई २–१ ले रोकेको छ । बोर्नमाउथका लागि खेलको दोस्रो मिनेटमै स्टानिसलासले गोल गर्दै अग्रता दिलाएका थिए ।
युनाइटेडका लागि खेलको २४ औं मिनेटमा फेलानीले गोल गर्दै बराबरी स्थितिमा ल्याइपुर्‍याए । युनाइटेका पूर्व स्ट्राइकर जोसहु किङले बर्नमाउथका लागि विजयी गोल गरेका थिए ।
Sports news from ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/