Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

हरियामा दर्शक फिलिली

भाद्र ११, २०७२- फिल्म: रेशम फिलिली
निर्देशक: प्रणव जोशी
कलाकार: विनय श्रेष्ठ, कामेश्वर चौरासिया, मेनुका प्रधान, कर्मा, शिशिर वाङदेल, अरुण रेग्मी

शुक्रबारदेखि 'रेशम फिलिली' ले पुनः दोस्रो इनिंग थालेको छ । रिलिजको पहिलो दिन नै जबरजस्त इनिसियल हानेको फिल्मलाई दोस्रो दिन नै वैशाख १२ को महाभुकम्पको धक्का बेहोर्नु पर्‍यो ।
फिल्म रेशम (विनय) को हो । बहिनी सुन्तलीको बिहेका लागि पैसा जुटाउने मुल उद्देश्य लिएर गाउँबाट कतार हिंडेको रेशम काठमाडौं आएपछि भने कुवाको भ्यागुतो बन्छ । संघर्षका अनेक उफ्राईले उसलाई अन्ततः कुवामै पछार्छ । कतार लाने भन्दै म्यानपावर एजेन्टले काँठ क्षेत्रकै कुनै जंगल छोडेपछि शुरु हुन्छ रेशमको फिलिली जिवन ।
डार्क कमेडी शैलीमा पस्किइएको फिल्मले दर्शकलाई हसाउँदा हसाउँदै भावुक बनाउने क्षमता राख्छ । फिल्मका कथित नायक विनय हुन् तर वास्तविक नायक बनेर देखिएका छन्, कामेश्वर । गाऊमा बितन्डा मच्चाएर राजधानी छिरेको हरिनारायण मण्डल उर्फ हरियाको एउटै उद्देश्य आफैं हिरो बनेर फिल्म बनाउनु छ । गरिबका सपना केवल निद्रामा मात्रै सत्य हुन्छन् ।
कोठामा सनी लियोनीका पोष्टर टाँस्ने हरिया, देवीदेवताका पोष्टर टाँसेर पूजा पाठ गर्ने रेशम । बोलेरै नथाक्ने र अप्ठ्यारो परेको बेला ठाऊको ठाऊ कहानी रचेर उम्कन सक्ने हरिया र कन्दै बोल्ने र ढाँट्न नजानेको सोझो रेशम । दुवै काठमाडौंमा सँगै बसेर साथसाथै उद्देश्यका लागि गर्ने यात्रा हो, फिल्म । दर्शकलाई हसाउने मामिलामा फिल्म अब्बल छ । सिचुएशनल कमेडीमा कामेश्वर जमेका छन् । पूरा फिल्ममा दर्शकको साहानुभुती एकलौटी उनैको पोल्टामा जान्छ । धेरथोर यसअघिका आफ्नै अभिनय भन्दा केही पृथक देखिने प्रयास गरेका विनयले पनि लिन्छन् । अभिनयमा उनी मध्यम छन् तर उच्च कोटीको काम पस्केका कामेश्वरले अन्यलाई छायाँमा पारेका छन् ।
फिल्ममा संगीत अर्को शसक्त पाटो हो । 'पिरतीको छाता' बोलको गीतबाट चल्नु अघि नै फिल्मले हाइप पाईसकेको थियो । त्यसबाहेकका गीत पनि फिल्मले सही टाइमिंगमा प्रयोग गरेर न्याय गरेको छ । छायांकन र सम्पादन जस्ता प्राविधिक पक्षमा भने फिल्म चुकेको छ । फिल्मको क्लाइमेक्स फितलो र अनावश्यक तन्काइनुले दर्शकमा दिग्दारी लाग्न सक्छ । साथीलाई गुन्डाहरुले अपहरण गरेको खबर पाऊदा पनि हतारो हुनुका बदला लामो भाषणमा समय खर्चिनु जायज लाग्दैन । धेरै दृश्य नाटकीय शैलीमा भनिएका छन्, तर हास्यरसमा कथा वाचन भएकाले पनि कतिपय गल्तीले दर्शकमा खास प्रभाव नपार्न सक्छ ।
तपाईलाई कमेडी फिल्म मनपर्छ भने 'रेशम फिलिली' उपयुक्त हुनसक्छ । चुट्किलाको जोगाड गरी खिचिएका दृश्यको हसाई भन्दा 'रेशम फिलिली' को हास्यरस बलियो छ । एकाध द्वीअर्थी दृश्य र संवादले केवल हसाउने मात्रै नभई झन्डै अश्लिल लाग्छन् । किर्तिपुरकी नेवारकी छोरीको भुमिकामा देखिएकी मेनुका देख्नमा जति भुमिकामा आकर्षक लाग्दिनन् । भलै उनी रेशमको अपोजिटमा देखिएकी छन् ।
'रेशम फिलिली' कामेश्वरको अभिनयका लागि पनि हेर्नैपर्ने फिल्म हो । मधेसी चरित्र नेपाली फिल्ममा त कमै प्रयोग हुन्छन् नै, कामेश्वर जस्ता कलाकारको जबरजस्त अभिनय पनि कमै एक्टरको बशको कुरा हो । फिल्म हेर्नुअघि गीतले तानेजस्तै हेरिसकेपछि भने उनले तान्नेमा दुई मत छैन ।
News From: Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/