Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Binaya Shrestah. Show all posts
Showing posts with label Binaya Shrestah. Show all posts

हरियामा दर्शक फिलिली

भाद्र ११, २०७२- फिल्म: रेशम फिलिली
निर्देशक: प्रणव जोशी
कलाकार: विनय श्रेष्ठ, कामेश्वर चौरासिया, मेनुका प्रधान, कर्मा, शिशिर वाङदेल, अरुण रेग्मी

शुक्रबारदेखि 'रेशम फिलिली' ले पुनः दोस्रो इनिंग थालेको छ । रिलिजको पहिलो दिन नै जबरजस्त इनिसियल हानेको फिल्मलाई दोस्रो दिन नै वैशाख १२ को महाभुकम्पको धक्का बेहोर्नु पर्‍यो ।
फिल्म रेशम (विनय) को हो । बहिनी सुन्तलीको बिहेका लागि पैसा जुटाउने मुल उद्देश्य लिएर गाउँबाट कतार हिंडेको रेशम काठमाडौं आएपछि भने कुवाको भ्यागुतो बन्छ । संघर्षका अनेक उफ्राईले उसलाई अन्ततः कुवामै पछार्छ । कतार लाने भन्दै म्यानपावर एजेन्टले काँठ क्षेत्रकै कुनै जंगल छोडेपछि शुरु हुन्छ रेशमको फिलिली जिवन ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/