Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

ओस्कर छनोट दौडमा पिके, हैदर र मेरी कोम

भाद्र १३, २०७२- बलिउडका सबै अवार्डको सिजन सकिएपछि अहिले ओस्करको दौड सुरु भएको छ । ओस्करमा उत्कृष्ट विदेशी फिल्म विधामा भिड्नका लागि पठाउने फिल्म छनोट प्रक्रिया सुरु भएको हो ।
पुराना अभिनेता अमोल पालेकार प्रमुख रहेको फिल्म छनोट समितिले आफ्नो काम सुरु गरेपछि बलिउड निर्माता निर्देशकहरु आफ्नो फिल्म पार्ने दौडमा सामेल भएका हुन् । मुम्बईमा दबाब धेरै हुने भएपछि पालेकर समितिले हैदरावाद पुगेर काम थालेको छ ।
यसपालि ओस्करमा जानका लागि विशाल भारद्वाजको ‘हैदर’, ओमंग कुमारको ‘मेरी कोम’, राजकुमार हिरानीको ‘पिके’ र अनुराग कश्यपको ‘अग्ली’का बीच प्रतिस्पर्धा छ । तर, पालेकर समितिले कुनै गैर हिन्दी फिल्मलाई पनि छान्न सक्छ ।
News Source: Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/