Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

डा. केसीका मागबारे शीर्ष नेताको बैठकमा कुरा उठाउँछु: भट्टराई


काठमाडौं- एनेकपा माओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले अनसनरत डा. गोविन्द केसीलाई भेटेका छन्। विहान शिक्षण अस्पताल पुगेका पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले डा. केसीको स्वास्थ अवस्थाबारे जानकारी लिँदै माग प्रति एक्यवद्वता जनाए।

केसीले उठाएका मागबारे चार दलको बैठकमा कुरा राख्ने समेत भट्टराईले बताए। 'उहाँले उठाएका मागबारे चार दलको शीर्ष बैठकमा कुरा राख्छु' भट्टराईले भने, 'उहाँका जायज माग पुरा हुनु पर्छ।'

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा.केसी आमरण अनशन बसेको सातौं दिनसम्म सरकारले माग सम्बोधन गर्न प्रयाससमेत गरेको छैन।सरकारले तेस्रो दिन एकतर्फी रूपमा अनशन तोड्न अनुरोध गर्दै पत्र पठाएको थियो।चिकित्सा शिक्षासम्बन्धी केदारभक्त माथेमा नेतृत्व कार्यदलको प्रतिवेदन र सरकारसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै डा. केसी आमरण अनशनमा बसेका हुन्। उनको स्वास्थ्य गम्भीर बन्दै गएको छ।डा. केसीले सरकार मेडिकल माफियासामु निरीह र लाचार भएपछि नै आफू यो विषयबारे आमनागरिकलाई सचेत गराउन अनशनमा ओर्लिएको बताए।
News From: nagariknews
Image From: Kathmandupost
Ą
https://www.flickr.com/photos/spklg/15211044551/