Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

वीरगञ्जमा ४ बजेदेखि कर्फ्यू (फोटो सहित)

रौतहट- जिल्ला प्रशासन कार्यालय पर्साले विरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। स्थिति तनावपूर्ण बनेपछि चार बजेबाट कर्फ्यू जारी गरिएको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए। प्रहरीले ४ बजेदेखि सर्वसाधारणलाई घरभित्र बस्न र बाहिर ननिस्कन माइकिङ गरिरहेको छ। जिल्लाका तीनवटै सुरक्षा अंगका प्रमुख सहित जिल्ला सुरक्षा समितिको बैठक वीरगञ्जमा जारी छ।

सोमबार आन्दोलनकारीले प्रहरी चौकीमा आक्रमण गर्न खोजेपछि प्रहरीले रबरको गोली चलाएको थियो। रबरको गोली लागेर दश वर्षीय बालकसहित सात प्रदर्शनकारी  घाइते भएका छन्। रबरकाे गाेली लागि दश वर्षीय बालकद्वय इरफान अन्सारी र मुन्ना यादव घाइते भएकाे प्रहरीले जनाएकाे छ।
अन्सारीकाे टाउकाे र यादवकाे खुट्टा र निधारमा गाेली लागेकाे छ। यसैगरी  गाेली लागि मनाेज यादव, अनवर अवारी, मनाेज महताेलगायत घाइते भएकाे नारायणी अञ्चल अस्पतालमा कार्यरत प्रहरी सहायक निरीक्षक संजिक झाले जानकारी दिए। उनका अनुसार नगवा-१० का कृष्ण पटेल घाइते भएको र उनको उपचार नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको बताइएको छ। उनको टाउको र हातमा रबरको गोली लागेको बताइएको छ।
News from: Nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/