Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label UNISEF ambassador. Show all posts
Showing posts with label UNISEF ambassador. Show all posts

आमिर कपिलवस्तुमा

कपिलवस्तु, आश्विन २२ - नेपाल आएका बलिउडका नायक आमिर खान  एक कार्यक्रममा सहभागी हुन कपिलवस्तु आएका छन् । उनी  यनिसेफले सञ्चालन गरेको पोषण सम्बन्धी कार्यक्रममा यहाँ सहभागी भएका हुन् ।
जिल्लाको पकडी हेल्थपोष्टमा आयोजना गरिएको उक्त कार्यक्रममा आमिरले करीब १ घण्टा समय बिताएका थिए ।  उनले आमा समूह र महिला स्वयंसेविकाको कुपोषित बालबालिकाको उपचार गर्ने तरिका र विधि अवलोकन गरे । उनी अहिले लुम्बिनि प्रस्थान गरेका छन् । आमिरले त्यहाँ खाना खाएपछि मायादेवी मन्दिरको अवलोकन गरी अपरान्ह्र ३ बजे राजधानी फर्कने छन् ।
दुईदिने नेपाल भ्रमणका लागि उनी मंगलबार दिउँसो साढे एक बजे आएका हुन्। छ सुरक्षागार्डसहित आएका अभिनेता राजधानीको द्वारिकाज होटलमा बसेका थिए ।
टेलिभिजन टक शो 'सत्यमेव जयते' को अर्को संस्करणको तयारीमा जुटिरहेका आमिरलाई युनिसेफले ल्याएको हो । यसअघि पनि युनिसेफकै कार्यक्रमका लागि अमेरिकी गायिका/नायिका सेलेना गोमेज नेपाल आएकी थिइन्। सेलेना र आमिर दुवै युनिसेफको सद्भावना दूत हुन्।
नेपालमा राम्रो फ्यान फलोअर्स भएका ४९ वर्षीय आमिर अभिनयको विविधताका लागि प्रख्यात त छन् नै, सामाजिक कार्यका लागि पनि उत्तिकै सक्रिय मानिन्छन्। 'सत्यमेव जयते' मार्फत पनि उनले यस्तै सामाजिक मुद्दालाई राष्ट्रियकरण गर्ने प्रयास गर्छन्।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/