मण्डला नाटकघरमा भदौ ११ गत,े शुक्रबारदेखि नाटक सिरु मारानीको मञ्चन हुने भएको छ । मण्डलामा अभिनय सिकिरहेका चौथो ब्याच अन्र्तगतका विद्यार्थीहरुको ‘स्टुडेन्ट प्रोडक्शन’स्वरुप तयार पारिएको नाटक सिरु मारानीलाई नाट्यकर्मी तथा चलचित्र अभिनेता दयाहाङ राईले निर्देशन गरेका हुन् । मण्डला थिएटर नेपालद्वारा सञ्चालन हुने अभिनय प्रशिक्षण कार्यक्रम थिएटर ल्यावको चौथो संस्करण अन्र्तगतका २० जना कलाकारहरुको साथमा मण्डलाका केही पुराना कलाकारहरुले नाटकमा सहभागिता जनाउनेछन् ।
Showing posts with label Theater a good profession in Nepal. Show all posts
Showing posts with label Theater a good profession in Nepal. Show all posts
Subscribe to:
Posts (Atom)





