Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Supply Medicine to Nepal. Show all posts
Showing posts with label Supply Medicine to Nepal. Show all posts

DNN@Ground Zero : मधेसको लाइफस्टाइल (फोटोफिचर)

काठमाडौं – मधेस आन्दोलनको सय दिनपछि पूर्वीमधेसमा तनाव एकाएक बढ्दै गइरहेको छ । दिनभर सुनसान हुने मधेसको सडक हरेक रात रणभूमिमा परिणत हुन्छ । जब काठमाडौंबाट महोत्तरीको बर्दिबासमा साँझ पूर्व जाने र काठमाडौंका लागि हिँडेका बस इटहरीमा ताँती लाग्छ । अनि, आन्दोलनकारीको भीड बिस्तारै बढ्न थाल्छ । गन्तव्यमा जाने प्रतिपक्षमा रहेका बसलाई मध्यरातमा प्रहरी सहयोगमा स्कर्टिङमा सुरु हुन्छ ।
तराई बन्दका बीच चलेका सवारी–साधन रोक्न आन्दोलनकारी र प्रहरीबीच हरेक दिन झडप हुन्छ । यसै झडपका क्रममा गत आइतबार र सोमबार चारजना आन्दोलनकारीको मृत्यु भयो ।
मधेस आन्दोलनको रिर्पोटिङका क्रममा डिएनएन फोटो पत्रकार अशोक दुलालले सिराहा र महोत्तरीबाट पठाएका दृश्य :
DNN Madhesh story 2 (16)DNN Madhesh story 2 (15)DNN Madhesh story 2 (1)DNN Madhesh story 2 (13)DNN Madhesh story 2 (12)DNN Madhesh story 2 (11)DNN Madhesh story 2 (2)DNN Madhesh story 2 (10)DNN Madhesh story 2 (9)DNN Madhesh story 2 (6)DNN Madhesh story 2 (5)DNN Madhesh story 2 (4)DNN Madhesh story 2 (3)




































































































































































































































एनआरएनले अाजदेखि सरकारलाई अाैषधि उपलब्ध गराउने

पहिलो लटमा ३८ लाखको औषधि


मंसिर ८, २०७२- भारतको अघोषित नाकाबन्दीले अत्याबश्यक औषधि अभाब भएपछि विश्वभर रहेका प्रबासीहरु माझ सहयोगको अपिल गरेको गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आजबाट औषधि वितरण सुरु गरेको छ ।
आज स्वास्थ्य सेवा विभागलाई ३८ लाख रुपैयाँ बराबरको औषधि हस्तान्तरण गरिने एनआरएनएका अध्यक्ष शेष घलेले बताए । ‘जम्मा भएजति औषधि विरतण गर्दै जाने हो,’ उनले भने, ‘यो प्रक्रिया निरन्तर चल्ने छ ।’ हालसम्म औषधि खरिदका लागि २ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको एनआरएनएले जनाएको छ । यो रकम १० करोडसम्म पुर्‍याउने एनआरएनएको योजना हो । संकलित रकमबाट औषधि खरिदको प्रक्रिया जारी राखिएको जनाइएको छ । संकलित औषधि आयात गरेर सरकारी निकायलाई हस्तान्तरण गरिने छ ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/