Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

एनआरएनले अाजदेखि सरकारलाई अाैषधि उपलब्ध गराउने

पहिलो लटमा ३८ लाखको औषधि


मंसिर ८, २०७२- भारतको अघोषित नाकाबन्दीले अत्याबश्यक औषधि अभाब भएपछि विश्वभर रहेका प्रबासीहरु माझ सहयोगको अपिल गरेको गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आजबाट औषधि वितरण सुरु गरेको छ ।
आज स्वास्थ्य सेवा विभागलाई ३८ लाख रुपैयाँ बराबरको औषधि हस्तान्तरण गरिने एनआरएनएका अध्यक्ष शेष घलेले बताए । ‘जम्मा भएजति औषधि विरतण गर्दै जाने हो,’ उनले भने, ‘यो प्रक्रिया निरन्तर चल्ने छ ।’ हालसम्म औषधि खरिदका लागि २ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको एनआरएनएले जनाएको छ । यो रकम १० करोडसम्म पुर्‍याउने एनआरएनएको योजना हो । संकलित रकमबाट औषधि खरिदको प्रक्रिया जारी राखिएको जनाइएको छ । संकलित औषधि आयात गरेर सरकारी निकायलाई हस्तान्तरण गरिने छ ।

 
एनआरएनले नाकाबन्दीका कारण मानवीय संकट उत्पन्न भएको निश्कर्ष निकाल्दै औषधि र अति आबश्यकीय सामाग्री सहयोग गर्ने घोषणा गरेको थियो । परराष्ट्रमन्त्री कमल थापालाई पत्र लेख्दै औषधि र अत्याबश्यकीय सामाग्रीको प्राथमिकता अनुसारको सुची उपलब्ध गराईदिन अनुरोधसमेत गरेको थियो । उक्त अनुरोधसँगै नेपालका उच्च अधिकारीहरुलाई एनआरएनले नाकाबन्दी अन्तराष्ट्रियकरण गर्ने जानकारी समेत गराएको थियो ।
हाल प्रबासी नेपालीहरुले विश्वका विभिन्न मानवअधिकारबादी निकाय तथा भारतका सारोकारवाला कार्यालयहरुमा शान्तिपुर्ण विरोध प्रदर्शनका कार्यक्रम जारी राखेका छन् । उक्त कार्यक्रम गर्न एनआरएनएले ७१ वटा मुलुकका शाखाहरुलाई परिपत्र गरेको थियो । उनीहरुले विभिन्न देशमा अवस्थीत भारतीय राजदुताबास, महाबाणिज्य दुत तथा अन्य कार्यालयहरुमा दबाबमुलक कार्यक्रम गरिरहेका छन् ।
एनआरएनएले गत बैशाख १२ गते गएको भूकम्पमा परेका १७ हजार पीडित परिवारलाई राहत तथा उद्दारको काम गरेको थियो । हाल दीर्घकालीन राहतका योजना स्वरुप एनआरएनएले एक हजार भूकम्पपीडित परिवारलाई घर बनाईदिने कार्यक्रम अघि सारेको छ ।
As published on ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/