Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

पाँच जिल्लाबारे जनमतसंग्रह गरे संकट: यादव

मंसिर ८, २०७२- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विवादित पाँच जिल्लाकोमात्रै जनमत संग्रह गर्ने हो भने मुलुक झनै अप्ठ्यारो अवस्थामा पुग्ने चेतावनी दिएका छन् ।
‘जनमत संग्रहले समस्याको हल गर्दैन । अहिलेको समस्या पाँच जिल्लाको होइन पूर्वका दुई र सुदुरपश्चिमका दुई नेताको समस्या हो । जनमत संग्रहले समाधान दिंदैन उल्टै बल्झाउँछ,’ राजधानीमा मंगलबार भएको साक्षात्कारमा उनले भने ।

अध्यक्ष यादवले भने, ‘पाँच जिल्ला कहाँ राख्ने भन्ने विषयमा जनमत संग्रह गर्ने हो भने संघीयता, गणतन्त्र र समावेशी लोकतन्त्रसहितका विषयमा जनमत संग्रह गर्न प्रमुख दलका नेताहरु के  तयार छन् ?’
यादवले कांग्रेसले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयकले मधेसको माग सम्बोधन नगर्ने भन्दै त्यसलाई कुनै पनि हालतमा नस्विकार्ने स्पष्ट पारे । अध्यक्ष यादवले तराईका जिल्लामा भएको मानवीय क्षति सरकारले भिजिलान्ते पठाएर भएको दाबी गरे ।
News from ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/