Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

साम्य हुँदै सप्तरी, मृतकको शव उठेन

राजविराज–दुई दिनदेखि तनाव ग्रस्त सप्तरी मंगलबार विहानैदेखि  साम्य हुँदै गएको छ। पसल बजार बन्द रहेपनि सदरमुकाम राजविराजका चोक तथा सडकमा देखिने तनाव कम हुँदै गएको छ। 
सुरक्षाकर्मी जिल्ला प्रहरी कार्यालय परिसरबाट बाहिरिएका छैनन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी तयारीका साथ विहानैदेखि जिल्ला प्रहरी कार्यालय परिसरमा तैथान भए पनि हालसम्म सडकमा निस्कनुपर्ने अवस्था नआएको सप्तरीका प्रहरी प्रमुख भिम ढकालले बताए ।

नागरिक समाज तथा पत्रकारहरुको एक टोली सोमबार अवेर साँझ प्रहरी प्रमुख तथा मोर्चाका नेताहरुसँग भेटेर अवस्था बिस्तारै साम्य पार्ने विषयमा छलफल गरेका थिए। प्रहरीलाई संयमित बन्न आग्रह गर्दै नागरिक समाजका अगुवाले मोर्चाका नेताहरुलाई अहज अवस्थालाई सहज पार्न आग्रह गरेका थिए।

भेटघाटका क्रममा प्रहरी प्रमुख ढकाल र मोर्चाका नेतासमेतले अवस्था सहज पार्न आफ्नो तर्फबाट पहल गर्ने बताए पछि मंगलबार विहानैदेखि सदरमुकाम राजविराजसहित जिल्ला भरीको अवस्था विस्तारै सहज हुँदै गएको नागरिक समाज सप्तरीका अध्यक्ष थान सिंह भन्सालीले बताए। सदरमुकाममा प्रहरी र प्रदर्शनकारीबाट झपडको स्थिति आएको छैन। सदरमुकामका चेैक तथा सडकमा टायर बालेर प्रदर्शन गर्ने युवाहरुको संख्या भन्ने बाक्लै रहेको छ।

यता सदरमुकाम बाहिर राजमार्ग क्षेत्रको अवस्था पनि सामान्य रहेको छ । मंगलवार विहान पनि ४ सय भन्दा बढी सवारी साधन स्कर्टिगं गरेर गन्तव्यतर्फ पठाइएको छ। अन्य दिन जस्तो गाडीहरुमा ढुंगामुढा लगायतको प्रयास समेत नभएको स्थानीय प्रशासनले जनाएको छ।

यसैबीच प्रहरी दुव्र्यवहार विरुद्धलगातार तेस्रो दिन राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ठप्प रहेको छ। नागरिक समाजको आग्रह पछि मंगलबारदेखि अस्पतालका चिकित्सकहरुले पाल टागेर आकस्मिक सेवा सुचारु गरेका छन्।

यता चिकित्सकको समर्थनमा जिल्लाभरीका स्वास्थ्य संस्थाहरु मंगलबारबाट ठप्प पारिएको छ । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित दुई दर्जन बढी संघ संस्थाहरुले प्रेस विज्ञप्ति जारी गर्दैै आइतबार प्रहरीद्वारा सगरमाथा अञ्चल अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग गरिएको दुव्र्यवहारको भत्र्सना गर्दै समर्थनमा जिल्लाभरीका स्वास्थ्य संस्था ठप्प राख्ने जनाएका छन्।

गाउँ गाउँका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रलगायत निजी अस्पताल र क्लिनिक समेत ठप्प गरिएको भारदह अस्पतालका निमित्त मेसु धर्मेन्द्र खडगाले जनाए। प्रहरीको गोली लागेर मृत्यु भएकाहरुको शव अझै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै थन्किएको छ। मृतकहरुलाई शहिद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म शव नवुझने मोर्चाको अडानका कारण शव उठन नसकेको हो ।

प्रहरीको गोली लागेर शनिवार राति सप्तरीको भारदह र रुपनीमा १÷१ जना प्रदर्शनकारीको मृत्यु भएको थियो भने आइतबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर राजविराज–१ का दिलिप साहको मृत्यु भएको थियो। घरको दोस्रो तल्लामा छोरीसँगै बसेका दिलिपलाई टाउको गोली लागेको थियो । उपचारका लागि लग्दै गर्दा वाटोमै दिलिपको मृत्यु भएको हो । सँगै रहेकी छोरी मुस्कान समेत गोली लागेर घाईते भएका छन्।
From nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/