Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मोर्चाको धर्ना चुरे भावरले बिथोल्यो

मंसिर ८, २०७२- राजमार्ग अबरोध गर्न आएका मधेसी मोर्चाका नेता कार्यकर्तामाथि चुरे भावर राष्ट्रिय एकता पार्टी समर्थकले सर्लाहीमा मंगलवार ढुंगा हानेर बिथोलेका छन् ।
झडप हुने संभावनाका कारण सुरक्षाकर्मीले मोर्चा बसेको स्थानलाई तीन तीरबाट घेरा हालेका थियो । राजमार्ग रोक्न बसेको प्रहरीलाई छलेर फुलजोर नदी हुँदै चुरे भावरका कार्यकर्ताले ढुंगा हानेको हो ।

धर्ना बिथोलेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । लाठीचार्ज पछि धर्नाकारी र बिथोल्नेहरु तितरबितर भएका थिए । लाठीचार्जबाट संघीय समाजवादी फोरमका अध्यक्ष अशोक यादवसहित दर्जनौं घाइते भएको मोर्चाले जनाएको छ ।
दिउँसो करिब एक बजे मोर्चा सडकमा धर्ना दिन बसेको थियो । एक घण्टापछि नै भावरका कार्यकर्ता बिथोल्न पुगेका थिए । चुरे भावरले सडक जाम गर्न नदिने भन्दै रोक्न पुगेको थियो । प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले दंगाको स्थिति सृजना गर्नेलाई कारबाही गरिने बताए ।
News from Kantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/