Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Nepal in Asian Games. Show all posts
Showing posts with label Nepal in Asian Games. Show all posts

नेपालका लागि विमालाले जितिन् पहिलो पदक

इन्चोन- कोरियामा जारी १७औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। नेपालका लागि विमला तामाङले एकल कातामा कास्यपदक जितेकी हुन्। यो पदकसँगै नेपाली खेलाडी खाली हात नफर्किने भएका छन्।
कास्य पदकको लागि भएको खेलमा बिहीबार उनले दक्षिण कोरियाकी ज्यु काङलाई ५-० ले हराउँदै कास्य पदक जितेकी हुन्।
यसअघि १६औं एसियाली खेलकुदमा नेपालका लागि दीपक मर्हजनले पदक जितेका थिए।

एसियाड क्रिकेट : नेपाल क्वाटरफाइनलबाटै बाहिरियो

काठमाडौं- इन्चोन एसियाडमा नेपाली क्रिकेट टोलीले अफगानिस्तानले दिएको ११९ सामान्य लक्ष्य पुरा गर्न नसक्दा क्वाटरफाइनबाटै बाहिरिनु परेको छ। टस जितेर बलिङ रोजेको नेपालको अफगानिस्तान चिरपरिचित कडा प्रतिद्वन्द्वि रहँदै आएको छ। यद्यपि १२० रनको सामान्य लक्ष्य पाएको नेपाल २० ओभर खेलेर ७ विकेट गुमाउँदै १११ रनमै समेटियो।

नेपालका ओपनरद्वय सुवास खकुरेल १० बल खेल्दै ५ रन र नरेन्द्र बुढाएर ४ बलमा ७ रन जोड्दा आउट भए भने कप्तान पारस खड्का १३ बलमा १ रन मात्र जोडेर मैदानबाट बाहिरिए। त्यस्तै, विनोद भण्डारी ४० बलमा ४८ रन र शरद भेस्वाकर खाता नखोल्दै आउट भए। उपकप्तान ज्ञानेन्द्र मल्ल ३२ बलमा ३० रन जोडे भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
नेपालले २‍० ओभरमा अफगानिस्तानको ८ विकेट लिएको नेपालका लागि शक्ति गौचन र सागर पुनले समान ३/३ विकेट लिएका छन्। त्यस्तै, सोमपाल कामीले १, वसन्त रेग्मीले १ विकेट लिएका छन् भने अफगानिस्तान ओपनर करिम सदिक २ खेलेर १ रनमात्र जोड्दै गर्दा सुवास खकुरेलले क्याच आउट गरे।

अफगानिस्तानको दोस्रो विकेट सोमपाल कामीले लिएका हुन्। उनले नजिव तरकाईलाई आउट गरे। त्यस्तै, शक्ति गौचनले महम्मद सजाद, सम्युल सेनवारी, महम्मद नाविको विकेट लिएका हुन्। त्यस्तै, महम्मद मुज्तापा, गुलबादिन नाविल र फजल रहमान विकेट लिए। बसन्त रेग्मीले कसिम खानको विकेट लिए।
पछिल्लोपल्ट बंगलादेशका सम्पन्न विश्व ट्वान्टी–२० को भेटमा नेपालले अफगानिस्तानलाई हराएर अन्तर्राष्ट्रिय क्रिकेटमा एक फड्को मारेको थियो। लगातार दुई खेलमा अफगानलाई हराउन सके नेपाली क्रिकेटका लागि त्यो अर्को महत्वपूर्ण उपलब्धि हुने थियो। तर, नेपालको आजको हारले  एसियाडमा पदक जित्ने नेपाली सपना पुरा हुन सकेन। पराजित भएपछि टोली लगातार दोस्रोपटक एसियाडको क्वार्टरफाइनलबाट बिदा भएको छ।

Nepal flunks in Asiad cricket

KATHMANDU, SEP 24 - Nepal faced an exit from the women's cricket tournament of the ongoing 17th Asian Games ( Asiad ) in Incheon, South Korea after losing to Bangladesh in Wednesday's game.
Ą
https://www.flickr.com/photos/spklg/15211044551/