Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

संविधानको बिषयमा जानकारी दिन सभासद गाउँमा

खोटाङ– नयाँ संविधानका बिषयमा जानकारी दिन खोटाङका सांसद पाँचकर्ण राई पिकेले गाउँ–गाउँमा पुगेर 'जनतामाझ संविधान' कार्यक्रम सुरु गरेका छन् । 'जनताको संविधान जनताकै माझमा' नामक एक महिने राष्ट्रव्यापी कार्यक्रम सुरु हुनुभन्दा चार दिन अगावै उनले 'जनतामाझ संविधान' कार्यक्रम सुरु गरेका हुन् ।
नयाँ संविधानका बिषयमा सर्वसाधारणलाई जानकारी गराउँदै यस बिषयमा रहेका अस्पष्टता तथा जिज्ञासा मेटाउनकालागि निर्वाचन क्षेत्र नम्बर–१ को ईलाका नम्बर–१ अन्तरगतका गाबिसमा 'जनतामाझ संविधान' कार्यक्रम सुरु गरेको सांसद राईले बताए । उनले गत शुक्रबारदेखि गाउँ–गाउँमा पुगेर सर्वसाधारणसँग नयाँ संविधानको बिषयमा छलफल चलाइरहेका छन् । शुक्रबार फेदी र खार्ताम्छाको सर्वसाधारणसँग फेदीको शुक्रबारेबाट छलफल सुरु गरेका राईले शनिबार बाक्सिलामा बाक्सिला र सप्तेश्वरका सर्वसाधारणसँग, आईतबार सुंदेल र दिप्सुङका सर्वसाधारणसँग भेट गरी कार्यक्रम गरेका छन् । राईले सोमबार सप्तेश्वरका सर्वसाधारणसँग संविधानका बिषयमा छलफल गर्दैछन् । 'नयाँ संविधानको मूल्य, मान्यता र सिद्धान्तका बिषयमा सर्वसाधारण अनबिज्ञ छन्,' सांसद राईले नागरिकसँग भने, 'तिनै अस्पष्टतालाई चिर्न यो कार्यक्रम लिएर गाउँ पुगेको हुँ ।' संविधानको प्रतिलिपी हातमा बोकेर हिँडेका राईले नयाँ संबिधानको मूलभुत प्राबधान, बिशेषता, संबिधानमा समेटिएका बिषयबस्तु, संबिधानमा व्यवस्था गरिएका मान्यता लगायतका बिषयमा सर्वसाधारणलाई जानकारी गराइरहेका छन् ।

हालसम्म संबिधानले 'केही नदिएको' बिषयमा बढि चर्चा भइरहेकाले संबिधानले 'दिएको' विषयबस्तुमा जनतालाई बुझाउनु अनिवार्य भएको राईको तर्क छ । संविधानमा उल्लेख भएका नेपालको स्वतन्त्रता, सार्वभौमिकता, अखण्डता, स्वाधिनता, स्वतन्त्र, धर्मनिरपेक्ष, समावेसी, लोकतन्त्रात्मक व्यवस्थालाई आत्मसाथ गरिएको, ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष त्याग र बलिदानप्रति सम्मान प्रकट गरेको लगायतका अधिकांश बिषयमा सर्वसाधारण अनबिज्ञ भेटिएको उनले बताए । संविधानको बिषयमा जानकारी नभएसम्म संविधान कार्यन्वयन असम्भव रहेकाले अभियान गाउँ केन्द्रित हुनुपर्ने उनको सुझाव छ । 'संविधानले सार्वभौमसत्ता दिएको छ, समावेसी प्रतिनिधित्व आदिको ग्यारेन्टी गरेको छ,' राईले भने, 'संविधानले दिएको अधिकारका बिषयमा जानकारी दिनसके मात्र यसप्रति जनताको भरोसा जगाउन सकिन्छ ।'
Ą
https://www.flickr.com/photos/spklg/15211044551/