Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

भारतको दिल्लीमा भएको कुङफुमा नेपाल टिम च्याम्पियन

काठमाडौं, मंसिर २१ - भारतको नयाँ दिल्लीमा भएको आइएमजिसी विश्व कुङफु च्याम्पियनसिपमा नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ । 
नेपालसहित विभिन्न १७ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल १२ स्वर्ण, ६ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बन्न सफल भएको टिम प्रशिक्षक सुकमान लामाले जनाएका छन् ।यो प्रतियोगितामा आयोजक भारत दोश्रो भयो । डिसेम्बर ३ देखि ६ तारिखसम्म 
भएको प्रतियोगितामा रमेश नेपाली, सूर्य लामा र विकास लामाले दोहोरो स्वर्ण जिते । उनीहरुले थाउलु र सान्डामा स्वर्ण जितेका हुन् । श्रृष्टि श्रेष्ठले थाउलुमा स्वर्ण र सान्डामा रजत जितिन् । 
त्यस्तै सान्डामा मदन विश्वकर्मा, लक्ष्मण चौलागाईं, चिराग पौडेल तथा रविन्द्र मगरले नेपाललाई १–१ स्वर्ण दिलाए । सान्डा स्पर्धामै युक्ता युवा, मन्जिता तामाङ, नवीनबहादुर सारु, राम चौलागाईं र सागर तामाङले १–१ रजत तथा यज्ञराज घलेले कांस्य हात पारे ।
सोमबार स्वदेश फर्किएको च्याम्पियन टोलीलाई नेपाल उमा कुङफु संघका अध्यक्ष उद्धव थापा मगर, सचिव सिद्धार्थ लामा, सदस्य सन्जितकुमार राई, खेलाडी, अभिभावकलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । च्याम्पियनसिपमा नेपाल उमा कुङफु संघका खेलाडी सहभागी भएका थिए ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/