Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

जन्तीको गाडीलाई नेपाल आउन दिइएन

गौशाला-प्रहरीले महोत्तरीको प्रमुख सीमानाका भिट्ठामोडमा जन्तीका दुईवटा गाडीलाई आज नेपाल आउन दिएनन्।
भिट्ठामोडमा खटिएको नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले भारतको सीतामढीबाट नेपालको धनुषा जिल्लाको देपुरा रुपैठामा जन्ती जान लागेको दुईवटा भारतीय गाडीलाई नेपाल प्रवेश गर्न नदिएका हुन् ।
अनिश्चितकालीन मधेस बन्द र सीमानाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ती दुबै गाडीमा शुभविवाहको तुल देखेपछि नेपाल आउन दिएपनि प्रहरीले रोकेका हुन्। सीमानाकामा खटिएका एक प्रहरीले मधेसी मोर्चाबाट विरोध भइरहेका बेला कसैले गाडीमा तोडफोड, आगजनी वा क्षति गरिदिए आफूहरुको कर्तव्यपालनामाथि र जिल्लाकै साखमाथि नराम्रो असर पर्ने देखेर जिल्ला कमान्डको आदेशानुसार भारतीय गाडी प्रवेशमा रोक लगाएको जानकारी दिए । नेपाल प्रवेश गर्न नदिएपछि भारतीय जन्ती बोकेका दुबै गाडी फिर्ता गएका थिए । रासस
News from nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/