Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

भारतको माथिल्लो सदनमा नेपालबारे वहश

काठमाडौं–भारतको माथिल्लो सदन राज्यसभामा नेपाल सम्बन्धी वहश जारी छ। वहशमा भाग लिँदै राष्ट्रिय जनता दल युनाइटेडका सांसद पवनकुमार वर्माले भारतको कुटनीतिक कमजोरीका कारण नेपालसँगको सम्बन्ध संकटमा परेको बताए।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई पटकको नेपाल भ्रमण, विदेशमन्त्रीको भ्रमण र विदेश सचिवको भ्रमण हँुदासमेत नेपालको संविधान निर्माण प्रक्रियामा समयमै सही ढंगबाट कुटनीतिक पहल लिन नसकेको आरोप लगाए।

नेपालको संविधान निर्माण प्रक्रिया सम्पन्न भइ जारी हुनु भन्दा ठिक दुई दिन अघि विदेश सचिव नेपाल गएको प्रसंग उल्लेख गर्दै समय घर्किसकेपछि जानुको के अर्थ भनि प्रश्न गरे। नेपालमा भारतविरोधी भावना बढिरहेको प्रति ध्यानाकर्षण गर्दै उनले भारतले नेपाललाई एक सार्वभौम राष्ट्रको रुपमा व्यवहार गर्नुपर्नेमा जोड दिए।
News from nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/