Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

संघीय लिम्बूवान पार्टी विभाजनको संघारमा

ताप्लेजुुङ–तराई केन्द्रित दलसँगको सहकार्य वा आफ्नै नेतृत्व भन्नेमा मतान्तर बढेर विभाजन नजिक पुुगेको संघीय लिम्बूवान पार्टीको आपसी द्वन्द्व मुुडभेडमा परिणत हुने खतरा बढेको छ।

पूर्वी नेपालमा राजनीतिक प्रभाव राख्ने यो पाटीको एक पक्षले आइतबारबाट आह्वान गरेको अनिश्तिचतकालीन चक्काजाम सोही पार्टीको अर्को पक्षले प्रतिकार गर्ने घोषणा गरेपछि एउटै संगठनबीच मुडभेड र हिंसाको जोखिम देखिएको हो।

यो पाटीका नेताहरु खगेन्द्र माखिम, सञ्जुुहाङ, पालुंवा, बीर नेम्बाङ र कमल छाराहाङलगायतले अरुण पूर्वका ९ जिल्लाको एक प्रदेशको माग यथावत् रहेको भन्दै सरकारलाई दबाव दिन आइतबारबाट पूर्वी क्षेत्रमा अनिश्चितकालिन चक्काजाम हुने घोषणा गरेका छन्। लिम्बूवान आन्दोलन उच्च स्तरीय समिति नाम दिएर थालिएको आन्दोलनका कार्यक्रम चक्काजाममा मात्र सिमित नहुने भएको छ। नेता माखिमका अनुसार यो अभियान अन्र्तगत अरुण पूर्वका ९ जिल्लामा रहेका सरकारी कार्यालय र यहाँ सञ्चालित सवारी साधनमा लिम्बूवान राज्य लेखिने छ ।

यस बाहेक अरुण पूर्व रहेका पूर्वी नेपालका ताप्लेजुुङ,पांचथर, ईलाम, तेह्थुम, संखुुवासभा,धनकुुटा, झापा, मोरङ र सुनसरी जिल्लालाई समेटेर लिम्बूूवान राज्य नाम रहेको एउटा प्रदेश निमार्णका लागि दबाव दिने कार्यक्रम समेत यो समुहले तय गरेको छ। यो आन्दोलनको बिरोध र प्रतिकारमा पाटी अध्यक्ष कुमार लिङदेन पक्ष सार्वजनिक रुपमा लागेको छ। वरिष्ठ नेता एकापटि रहँदा मधेसी मोर्चासँग नजिकिएर आन्दोलनमा लागेका अध्यक्ष लिङदेन पक्षका नेता तथा युवा विद्यार्थी मञ्का केन्द्रीय उपाध्यक्ष अशोक मादेनले पार्टी अध्यक्षलाई जानकारी नै नदिई गरिएका कुनै कार्यक्रम आफुूहरुलाई मान्य नहुने बताएका छन्। उनले प्रचार गरिएका पछिल्ला आन्दोलनका कार्यक्रम पार्टी हित र नीति बिपरित रहेको भन्दै संघीय लिम्बूूवान पार्टीको ताप्लेजुुङ समितिले यसको प्रतिकार गर्ने चेतावनी दिएका छन् । मादेन संघीय लिम्बूूवान पाटीका जिल्ला नेता पनि हुन्।

संघीय लिम्बूवान पाटीका केन्द्रिय सदस्य नेत्रप्रसाद खतिवडाले बन्दका कार्यक्रम बारे आफूलाई थाहा नभएको बताए । उनले चक्काजामका कार्यक्रम बारे केन्द्रीय समितिमा केहिल्यै छलफल नभएकोले तत्काल यस्ता कार्यक्रम नभएको दाबी गरे ।'सधैं पार्टी अध्यक्षले पार्टीका कुनै कार्यक्रम हुुँदा जानकारी गराउनु हुन्थ्यो,' खतिवडाले भने, 'यस पटक यहाँबाट केही सर्कुलर भएको छैन।' यता बन्दकर्ताहरुले भने चक्काजामको कार्यक्रम आन्दोलन समन्वय समितिले निर्धारण गरेको भन्दै यि कार्यक्रम जारी रहेको बताएको छ। पार्टी नेता माखिमले चक्काजाम सहितका आन्दोलनका कार्यक्रम जारी रहेको भन्दै यसको प्रतिकार नगर्न चेतावनी दिएका छन्।
अध्यक्ष लिङदेन आन्दोलनरत ममेधी मोर्चासँग सकार्य गरेर आन्दोलन गर्ने पक्षमा छन् । उनले कया्रं पटकका आन्दोलनका कार्यक्रममा मधेसी नेताहरुसँग एउटै मञ्चमा बसेर भाषण पनि गरेका छन् । मधेसी मोर्चाले झापा–मोरङ र सुनसरी सहितका जिल्ला तराई प्रदेशमा राख्नुपर्ने माग गरेकोले विचार नमल्निेसँग कार्यगत एकता असंभव रहेको भन्दै उनी बाहेकका शिर्ष नेता आफ्नै नेतृत्वमा अरुण पुर्वका नौ जिल्लालाई समेटेर लिम्बूवान प्रदेश कायम गर्नुुपर्ने माग लिएर आन्दोलनमा जानुपर्ने अडानमा छन् । चिरा–चिरामा बिभाजित भएर एक भएको बर्षदिन नपुुग्दै एउटै पार्टीका दुईवटा अडानले लिम्बूवान पाटी फेरि फुट नजिक पुगेको छ ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/