Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

के सोच्दै छ टीकापुरकाण्डको पीडित परिवार ?

टिकापुर – जो भर्खर–भर्खर पाइला चाल्न सिक्दै थिए, आफ्नै आँगनमा खेल्दै थिए, यी अबोध बालक के दोष होस् ? तर गोलीको सिकार हुन पुगे ।
७ भदौको टीकापुरकाण्ड । थरुहट आन्दोलन चलिरहेको थियो । दुईवर्षे अबोध बालक टेकबहादुर साउद आफ्नै घरको आँगनमा खेलिरहेका थिए । त्यस दिन आन्दोलनकारीबाट प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात प्रहरीको ज्यान गएको थियो । सात प्रहरीको हत्यापछि कफ्र्यु लाग्यो । जतिबेला दुईवर्षे टेकबहादुर खेलिरहेका थिए, टीकापुर बजारदेखि एक किलोमिटर पर दुईतले घरको आँगनमा । त्यही घरको आँगनमा टेकबहादुरलाई गोली लागेको थियो ।
घटना भएको तीन महिनापछि यो संवाददाता पुग्दा त्यो घर मात्रै नभएर गाउँ नै शोकमा थियो । मृतककी हजुरआमा चामल केलाइरहेकी थिइन् भने फूपू दुर्गा कठायत पिठो पिसाउन मिलमा जाने तर्खर गरिरहेकी थिइन् । आमा यशोदा भर्खर काठमाडौंको १० दिनको बसाइपछि घरमा फर्किएकी रहिछिन् । छोरा गुमाएपछि उनी धेरै दिनसम्म निदाउन सकिनछन् । घर–आँगनमा छोराकै झल्कोले पागलजस्तै हुन पुगेपछि उनलाई पति नेत्र साउदले काठमाडौं ल्याएका रहेछन् ।

tek
यसरी चल्यो गोली
हामीले पत्रकारको परिचय दिएपछि उनीहरूले आफ्नो काम रोके । टेकबहादुरकी फूपू दुर्गाले भन्दै थिइन्, ‘भदै घरको दैलोमा खेलिरहेको थियो । घरपछाडि गोलीको आवाज आयो । यसो हेरेको बाबुको ढलिसकेको थियो, टाउकोबाट रगत बगिरहेको थियो । प्रहरीको घर हो, ठोक्ठोक् भनेको सुनिएको थियो ।’ त्यहीबेला मृतकका बुवा नेत्र साउद पनि आइपुगे । नेत्र प्रहरी बल टीकापुरमा हवल्दार छन् । त्यो दिन बिदा भएकाले घरबाहिर उभिरहेका रहेछन् । नेत्र भन्छन्, ‘म पनि बाहिर उभिएर फोनमा कुरा गरिरहेको थिएँ । छोरो पनि त्यही बरन्डाको पिलर समातेर बसेको रहेछ । छोरालाई घरभित्र लैजाउँ भनेको मात्र के थिएँ, गोली लागिहाल्यो ।’
गोली चल्नुअघि टेकबहादुरकी आमा यशोदा घरभित्रै थिइन् । ‘गोली चलेपछि म हतार–हतार बाहिर आएँ । बाबु ढलिसकेको थियो,’ छोरालाई सम्झँदै यशोदाले भनिन्, ‘भर्खरै पाइला टेक्न थालेको थियो । अलिकति सपोर्ट पायो भने हिँड्ने गथ्र्यो । भित्ता समाउँदै हिँड्थ्यो । आफूले जन्म दिएको छोराले भर्खरभर्खर पाइला चालेको देख्दा कति खुसी लाग्छ, त्यो हरेक आमालाई थाहा होला । अझै पनि बेला–बेला आँगनमा खेलिरहेको जस्तो देख्छु ।’१० दिन काठमाडौं बसेर आएकी यशोदा अझै पनि छोरालाई भुल्न सकेकी छैनन् ।
‘काठमाडौं बस्दा त केही बिर्सेकी थिएँ,’ उनी भन्छिन्, ‘फेरि यहाँ आउँदा छोराको सम्झना आइरहन्छ ।’ नेत्रले श्रीमती र छोरीलाई १० दिन काठमाडौं राखेका थिए । उनीलाई कहिलेकाहीँ त छोरो यतै कतै छ जस्तो लाग्छ । कतै खेल्न गएको भान हुन्छ । एक दिन त छोरी निवृद्धिलाई भाइ कता गएको छ, हेर्न जाउ समेत भनेकी रहिछन् । यशोदाले छोरालाई भुलेका बेला पाँच वर्षकी छोरी निवृद्धिले सम्झाउँछिन् । ‘म बिर्सन खोज्छु तर छोरीले मम्मी भाइ कता गएको छ भनेर पटकपटक सोधिरहन्छे,’ उनी भन्छिन् ।
नेत्रका बहिनी, भाइका छोराछोरी त्यहीँ खेलिरहेका थिए । ‘जो देखे पनि गोली हान्छन् भन्छन्,’ यशोदाले भनिन्, ‘केटाकेटीमा अझै त्रास छ । घटना भुल्न सक्दैनन् ।’ अहिले पनि केटाकेटी दुई–चारजना मान्छे देखेपछि लुक्ने गर्छन् । यशोदा भन्छिन्, ‘छोरी निवृद्धिले खाना खानेबेला भाइ यस्तो गथ्र्यो मम्मी उस्तो गथ्र्यो, मम्मी भनेर भनिरहन्छे ।’
सुरक्षाकर्मीलाई पानी पिउन दिँदाtikapur protest
त्यस दिन हिंसा भड्केपछि भागेर आएका सुरक्षाकर्मीलाई यशोदाले पानी दिएकी रहिछिन् । ‘चार–पाँचजना प्रहरी रगत–पसिना भएर आउनुभएको थियो । उहाँ (पति नेत्र) का साथी भएकाले चिनजान थियो, पानी माग्नुभयो, मैले दिएँ,’ यशोदा भन्छिन्, ‘पछिपछि आन्दोलनकारी पनि आएका रहेछन् । प्रहरीको घर भनेर त्यत्तिकै गोली चलाए । मैले घाइते प्रहरीलाई पानी दिएकी त थिएँ । त्यही निहुँमा गोली चलाए । मेरो सानो छोराको ज्यान गयो ।
त्यस दिन नेत्रसहित छिमेकीले बाहिर खेतमा छटपटाइरहेका प्रहरी जवान ललित साउदलाई भर्याङबाट घरको कम्पान्डमा ल्याएर गाडीमा उपचारका लागि लैजान सहयोग पुर्याएका थिए ।
घर–गाउँमा दुःखद घटना हुँदा टेकबहादुरकी हजुरआमा उपचारका लागि काठमाडौंमा थिइन् । वामे सर्दै गरेको नातिको हत्या भएपछि ६५ वर्षीया हजुरआमा निकै शोकमा छिन् । उनको एउटै इच्छा रहेको छ, दोषीलाई कारबाही भएको हेर्ने । ‘पापीहरुले मेरो नाति मबाट खोसे,’ उनी भन्छिन्, ‘दोषीलाई कारबाही हुनुपर्छ, दोषीलाई कारबाही भएको हेर्ने नै मेरो इच्छा छ ।’
टेकबहादुर साउद स्मृति केन्द्र
नेत्र छोराको टेकको नामका असहाय, गरिब बालबालिकाका रेखदेख गर्न कल्याणकारी काममा लाग्ने योजनामा छन् । उनी भन्छन्, ‘अब छोराका नाममा कल्याणकारी काम गर्न सोच बनाएको छु ।’
यसका लागि उनले प्रक्रिया समेत अगाडि बढाइसकेका छन् । नेत्रले टेकबहादुर साउद स्मृति केन्द्र भनेर संस्था दर्ता गरिसकेका छन् ।
राज्यले केही सहयोग गरे यही केन्द्रमार्फत असहाय गरिब बालबालिकाका लागि सेवा गर्ने नेत्रको योजना छ ।
‘केन्द्र स्थापना गरी बालबालिकाका लागि कल्याणकारी काम गर्ने तयारीमा छु,’ उनी भन्छन्, ‘त्यसका लागि नगर विकास समितिले पनि जग्गा दिन्छुु भनेको छ । सबैले मौखिक सहमति जनाइसकेका छन् ।’
हिंसात्मक घटनामा ज्यान गुमाउने नौजनाको टीकापुरमा सालिक बनाउने योजना रहेको पनि नेत्रले बताए ।
(प्रस्तुति : शरद शर्मा)
Ą
https://www.flickr.com/photos/spklg/15211044551/