समुन्द्र राज घिमिरे
म तपाईंलाई एउटा कथा सुनाउँछु।
भो, सुनाउदिनँ लाज लाग्छ।
आच्या! किन लजाउनु नि है? बरु तपाईं नै लजाउनुहुन्न भने जरुर सुनाउँछु।
यति भनेपछि तपाईंले पक्कै पनि अनुमान लगाउनु भयो, यो कुनै जोडीको ‘अन्तरंग कथा’ हो।
तपाईंको अनुमानमा सत्यता पक्कै छ।
पख्नुस् है, मेरो झोलामा एउटा रेकर्डर छ। म त्यसको स्विच अन गर्छु र एउटा रेकर्ड प्ले गर्छु, जुन स्वर मेरो एउटा केटा साथीको हो।
उसको नाम शुभम। ऊ मेरो मिल्ने साथीको सूचीमा पर्छ। त्यसैले यी सबै कुरा मलाई विश्वास गरेर भनेको।
रेकर्ड भने मैले उसले थाहा नपाउनेगरी गरेको। कहिल्यै टेन्सनमा नदेखिने ऊ एक्कासी तनावमा देखिएकाले कुनै कथाकारले उसको कहानी सुन्यो भने राम्रो कथा बनाउला भन्ठानेर।
त्यसो त, यो कथा कसैलाई पनि सुनाउन नपाउने सर्तमा मलाई सुनाएको हो। तर, ऊ त्यतिबेला झट्टै विदेश जान लागेकाले प्लेन चढिसकेपछि भने आफ्नो मन मिल्नेलाई मात्र सुनाउने सर्त भने मेरो भागमा सुरक्षित छ।
यहाँ तपाईं मलाई सोध्न सक्नुहुन्छ, ‘म तपाईंको मिल्ने साथी कहिलेदेखि भएँ?’
हो, तपाईं मेरो मिल्ने साथी होइन। हुँदै होइन। तर, मैले जहिलेदेखि उसको यो कहानी सुनेँ, मेरो मनमा प्रश्न उब्ज्यो।
जस्तोः यो कुरा उसले सबैलाई सुनाउन मिल्दैनथ्यो।
त्यो प्रश्न के हो?
अन्तिममा भन्नेछु। अहिलेलाई मलाई रेकर्डर अन गर्न दिनुस्।
अँ, यो अडियो प्ले हुन्जेल तपाईंले मेरो आँखामा हेर्न पाउनुहुन्न। मलाई केही सोध्न पनि बर्जित छ।
ल, सुन्नुहोस्।
उः त्यो पछाडिपट्टिको झ्याल अलि ढप्काइदिनुस् त। हल्ला आउन सक्छ। अनि, त्यो म्युजिकको स्पिकरको तार पनि छुटाइदिनुस् है। एकछिन शान्त भएर सुनौं।
‘तँलाई कस्तो लाग्छ समुन्द्र?’
मलाई त लाग्छ, ‘आशक्ति’ मान्छेको सबैभन्दा ठूलो शत्रु हो। म यो आशक्तिले केही दिनदेखि बेचैनमा छु। अफिसका दिन कसरी बित्दैछन्? मलाई पर्वाह हुन छाडेको छ। अफिसका सबै सहकर्मी मलाई देखेर ठुस्किन थालेका छन्।
त्यसो त उनीहरु झन् खुशी हुँदा हुन्। किनकि एउटा सहकर्मी कमजोर भए तिनका टाउको उठाउन बलियो समय हुन्छ। मलाई त लाग्छ, उनीहरु सबै शक्ति आफ्नो हातमा पार्दैछन्। म ‘अवेर’ हुन खोजिरहेको त छु। तर, मेरो दिमाग साँच्चै बेचैन छ यार। म यसबाट कसरी मुक्ति पाउन सक्छु?
तँलाई थाहा छ, म हत्तपत्त ‘परेसान’ हुने मान्छे होइन के। तर, परिस्थिति यस्तै छ। म तँलाई कसरी सुनाऊँ, आफूलाई के कारणले कमजोर महसुस गर्दैछु भनेर। आ... किन अन्कनाउनु? सप्पै कुरा भन्छु। म बिहिबारदेखि यस्तो स्थितिमा आइपुगेको हुँ।
बुधबार मेरो छुट्टिको दिन। पहिलेको अफिसकी एउटी युवतीसँग मेरो हिमचिम छ भन्ने तँलाई थाहै छ। मल्लिका क्या।
माफ गर्नुस्। मैले यो रेकर्डर अफ गर्नु प¥यो। किनकि यो अडियोमा शुभम र मल्लिकाको सम्बन्धका सुरुवाती कहानी छैनन्। त्यसैले म उसले सुनाएको भन्दा अघिका घटना तपाईंलाई भन्छु। तर, छोटकरीमा।
एकदिन शुभम महाराजगञ्ज चोकनजिकै एउटा एनजिओमा जागिरको दरखास्त हाल्न गएको थियो। रिसेप्सनमा एउटी युवती थिई। उसले नमस्ते ग¥यो। नमस्ते पनि पुरै सांस्कारिक थियो। दसै औंला टम्म मिलेका। दुवै हात छातीमा जोडिएका थिए।
शुभमले बायोडाटा बुझायो। युवतीले ‘बोस’ आउन समय लाग्ने बताई। रिसेप्सनअगाडिको कुर्सीमा ऊ बस्यो। खल्तीबाट मोबाइल झिक्यो। वाइफाईको पासवर्ड सोध्यो।
केही बेर ती युवतीसँग उसले केही खित्रिङमित्रिङ कुरा ग¥यो। युवती आँखा जुधाएर कुरा गर्न खप्पिस। ऊ भने युवतीसँग आँखा जुधाएर कुरा गर्न लजाउने खाले। तैपनि उसले युवतीको आँखा याद ग¥यो। जस्तोः परेली र आँखीभौंबीच खरानी रङको मन्द ‘आइस्याडो’ पोतिएका थिए। शुभम फ्ल्यासब्याकमा पुग्यो। उसको ‘वन साइडेड लभर’ पनि त्यस्तै रङको आइस्याडो लगाउँथी।
युवती फतरफतर बोलिरहेकी थिई। ऊ फ्ल्यासब्याकमै थियो। ‘छिन्द्रिङछिन्द्रङ’ आवाजले ऊ झस्क्यो। ढोकातिर हेर्यो।
सुट लगाएको मानिस हातमा बाइकको चाबी उफार्दै भित्र छि¥यो। ‘सर उहाँ, शुभमजी। उहाँको बायोडाटा यहाँ छ’ भन्दै युवतीले बायोडाटा सुटधारीतर्फ तेस्र्याई।
‘शुभमजी भित्र आउनुस् त’ भन्दै सुटधारी सिसाले छेकिएको सानो कोठामा छि¥यो। ऊ पछिपछि लाग्यो। सुटधारीले कोट खोलेर कुर्सीमा झुण्ड्यायो र शुभमतिर फर्केर हात बढाउँदै भन्यो, ‘हलो, म श्रीओम।’
सोच्यो, बोस अलि मिजासकै रैछ।
त्यसपछि अन्तरवार्ता सुरु भयो। शुभमको जागिर पक्का भयो। ऊ श्रीओमलाई ‘म भोलिदेखि अफिस जोइन’ गर्छु भनेर हात जोडेर निस्कियो।
रिसेप्सनकी युवती कम्प्युटरमा आँखा नचाउँदै थिई। शुभमलाई देखेपछि ऊ उठी र हात ऊतर्फ बढाउँदै भनी, ‘आम मल्लिका।’
उसले पनि हात दियो।
युवतीसँग विरलै हात मिलाएको शुभमको हातले नरम ‘फिल’ ग¥यो।
‘केटीकोजस्तो हात’ भन्नेमात्र सुनेको शुभमले त्यतिबेला केटीको हात मज्जैले स्पर्श ग¥यो, सधैंलाई सम्झन पुग्नेगरी।
अफिसबाट फर्कंदा शुभममा बेग्लै ऊर्जा प्रवाहित भइरहेको थियो ।
भोलिपल्ट शुभम समयमै अफिस पुग्यो। मल्लिकाले हात जोडेर नमस्ते गरी। शुभमले युवतीको नमस्तेमा आफ्नै शैली देख्यो।
नयाँ काम भएकाले मल्लिका शुभमलाई कामको लय बसाउने भई।
बिस्तारै उनीहरु नजिकिन थाले। छन् त अफिसमा अरु युवती पनि थिए। मल्लिकासँग भने उसको कुरा विशेष मिल्थ्यो। दुवैका विचार एकअर्कासँग मिल्थे। उनीहरु सँगै खाजा खान जान थाले।
समय झण्डै एक वर्ष बितिसकेको थियो। त्यतिबेलासम्म उनीहरुबीच प्रेम, सम्बन्ध, दर्शन, अध्यात्मका कुरा भइसकेका थिए। दुवैले एकअर्काका पुराना सम्बन्धका कुरा साटिसकेका थिए। तर, उनीहरुबीच भनिने खाले प्रेम भएको भने थिएन। अझै पनि उनीहरु एकअर्कालाई ‘तपाईं’ सम्बोधन गर्थे।
उनीहरुले त्यतिबेलासम्म अलि टाढा घुम्न जाने योजना पनि बुनिसकेका थिए। तर, उनीहरु जान भने कहिल्यै जाँदैनथे। स्वयम्भु, पशुपतिका जंगलमा पुगेर कहिलेकाहीँ लुकिछिपि चुरोट पिउन भने उनीहरुले जानिसकेका थिए।
शुभमको भनाइमा मल्लिका ऊबाट प्रभावित थिई। युवतीको मामिलामा झट्टै नपग्लिने शुभम युवतीको मनोविज्ञान बुझ्न कमजोर थियो।
यो कुरा उसले कसरी सुईंको पाएको थियो भने, एकदिन मल्लिकाले नै उसलाई भनेकी थिई, ‘तपाईं कति पोलाइट बोल्नुहुन्छ। सुरुको दिन तपाईं कालो हुक र कालै जिन्स लगाएर आउनुभएको थियो। म त्यही दिनदेखि तपाईंबाट इम्प्रेस्ड भएँ।’
शुभम त्यतिबेला मक्ख परेको थियो।
तर, उसमा मल्लिकाप्रति भन्ने गरिएजस्तो प्रेमको ‘फिलिङ्स’ कहिल्यै आएन।
मल्लिका प्रायः च्याटमा शुभमसँग मस्किन खोज्थी। ऊ जतिखेर पनि ‘फन्नी’ रुचाउँथी। तर, शुभम कुरा बंग्याएर अन्तै लगिदिन्थ्यो। सायद मल्लिकाको नजरमा ऊ ‘बोरिङ ब्वाई’को कोटीमा दर्ज भइसकेको थियो।
शुभम मल्लिकासँग फन्नी कुरा गर्न नरुचाउनुको कारण एउटै थियो, मल्लिका उसको सपनाको कोटीमा पर्ने केटी थिइन। ऊ मध्यम वर्गकी युवती रुचाउँथ्यो, ऊजस्तै। मल्लिका ऊभन्दा सम्भ्रान्त थिई। समय कटाउन र केही सिक्न मात्र जागिर खाएकी।
१४ महिनापछि उसले त्यो अफिस छाड्यो। र, अर्को राम्रो अफिसमा गयो।
अब भने रेकर्ड प्ले गर्छु। तपाईंलाई झिँजो लागेको त छैन नि है? कतै तपाईंको पहिलेको अनुमान त बदलिएको छैन?
‘यत्ति भनेपछि थाहा भो, यसले अब कुनै ‘रुञ्चे कथा’ सुनाउने भो’ भन्ने त लागेको छैन?
शुभमकै आवाज सुनौं है त।
‘मल्लिका क्या’ भनेबाट प्ले गर्छु।
...मल्लिका क्या।
मैले पहिलेको अफिस छोडेपछि मल्लिकासँग कुरा नभएको धेरै भइसकेको थियो। छुट्टिको दिन मैले नै फोन गरेँ। हामीले पशुपतिमा भेट्ने निर्णय ग¥यौं। अफिसबाट ऊ टाउको दुखेको बहानामा निस्कने भई।
उसको झुटको पर्दाफास तब पो भयो!
कुरा के भने, ऊ पहिला म हँुँदा पनि कहिले टाउको दुख्यो त कहिले पेट दुखेको बहानामा अफिसबाट दिउँसै निस्कन्थी।
गौशालामा भेट्यौं। चुरोट त भेटेको बेला सधैं खाइन्थ्यो नै। आज बियर नै खाने सल्लाह भयो। एउटा मदिरा पसलमा चारवटा बियर र स्न्याक्स किनेर झोलामा प्याक ग¥यौं। छुट्टिको दिन भएर, मैले झोला बोकेको थिइनँ। उसको ब्यागमा जसोतसो सबै अट्यो।
‘लेडिजको ब्याग आफैंमा एउटा पसलजत्तिकै हुन्छ क्यारे। आज त सुपरमार्केट नै हुने भयो,’ जोक गरँे।
ऊ खित्कै छोडेर हाँसी।
हामी मृगस्थली परतिर जंगलतिर लाग्यौं। तिमीहरु तर्साउँथ्यौ नि, जंगलमा केटाकेटी जाँदा पुलिसले समात्छ भनेर!
तर, हामी एकअर्कामा नारिएर त के जोडिएरसमेत नहिँड्ने भएकाले पुलिसले केही नगर्ने पक्का थियो। यसअघि पनि पटकपटक आइसकेकाले हामीलाई डर थिएन। त्यसो त हामी कुनै अनैतिक कामका लागि पनि जान लागेका थिएनौं!
जंगलमा पुगेर खित्रिङमित्रिङ गफ ग¥यौं। उसले त्यस दिन सपनाको कुरा गरी। भनी, ‘मेरो सपना सधैं सय हुन्छन्।’
उसले अघिल्लो रात के देख्दा ममी बिरामी भएको र के देख्दा मामाघर हजुरबा बितेको उदाहरणसमेत दिई।
तर, मलाई यस्ता कुरा बकबास लाग्छन्। किनकि म सपनाको विश्वास कहिल्यै गर्दिन। भन्न त मन थियो, के छुच्चो बन्ने भन्ने ठानेर अँ मेरो साथीको पनि सपना मिल्छ भन्दिएँ। र, थपेँ, ‘मेरो त सपना सबै स्वैरकाल्पनिक हुन्छन्। मेरो त सपनाको दुनियाँ नै अर्कै हुन्छ।’
त्यतिबेलासम्म हामीले एकएक बोत्तल बियर रित्तिसकेको थियो। बिस्तारै अर्को पनि रित्तिँदै गयो। त्यहाँबाट निस्कँदा अँध्यारो भइसकेको थियो।
अब हामी सपनाबाट सम्बन्धका कुरा थाल्यौं।
उसले मैले कसलाई मन पराएँ, किन मन पराएँ, कसरी प्रपोज गरेँ, के कारणले प्रेम दुःखान्त भयो? सबै पहिले नै सुनिसकेकी थिई। मैले पनि उसको सम्बन्धको नालीबेली केलाइसकेको थिएँ। अफेयर मामिलामा त ऊ मभन्दा कति माथि कति माथि! कमसेकम मैले त एकजनालाई मात्र साँच्चै प्रेम गर्थेँ।
ऊ अहिले सिंगल भएको बताउँथी। रक्सी चढेकाले त्यो बेला भने साँचो बोलेजस्तो लाग्यो!
हाम्रो गफ अलि अन्तरंगतिर धकेलिन थाल्यो। यसको सुरुवात् ऊ आफैंले गरेकी हो। त्यसो त म उसको प्रश्नको जवाफकर्ता मात्र बनेको हुँ।
प्रश्न यस्ता थिए, ‘फष्ट हग, फष्ट किस, फष्ट...।’
मैले सबै प्रश्नमा ‘न त फष्ट न त लाष्ट नै’ उत्तर दिएँ।
उसले पत्याइन।
जंगलको बाटो सकिएको थिएन। उसले बीचैमा प्रस्ताव राखी, ‘त्यसो भए पहिलो प्रश्नको जवाफ निकालौं है त?’
उसले एक्कासी अँगालो हाली।
ज्यान सिरिङ भयो। कोही युवतीले यसरी काहीँ गर्छ? मलाई अप्ठ्यारो लाग्यो।
युवतीसँग हात मिलाउन त सर्माउने मान्छे म। आज जंगलको बीचमा म अँगालोमै बेरिँदैछु? मलाई त्यो क्षण सपनाजस्तो लाग्यो।
केही छिनमा मैले पनि उसको ज्यानलाई मेरो दुई हात गोलो बनाएर बेरेँ। कोही युवतीको ढाडमा मेरो हत्केला पहिलोपटक पुग्दै थियो। सपनामा त विश्वास नगर्ने मान्छे म, विपनासमेत विश्वास गर्न नसक्ने भएँ!
हामी दुवै एकअर्काबाट छुट्टियौं। दुवैमा संकोच भने थिएन।
हामी अब जंगलका कुरा गर्न थाल्यौं। त्यसबेलाको माहोल त्यस्तैखाले भएकाले अंग्रेजी हरर फिल्मका कुरा पनि भए। हामी जंगल सकेर पशुपति पार गर्दै गौशालामा गाडी चढ्न आइपुग्यौं। ऊ घर जाने साबिकको समयभन्दा अलि ढिला भइसकेकाले छटपटाइरहेकी थिई। मैले त्यतिबेला उसलाई कुनै सजिलो उपाय बताउन सकिनँ। त्यसैले चुपचाप बसँे। एकछिनपछि ऊ आफैं बोली, ‘तपाईंको रुममा जान मिल्छ?’
‘तपाईंलाई सहज लाग्छ भने मिल्छ।’
मैले समय नकुरी भनेँ।
माइक्रो चढेर कोटेश्वर पुग्यौं। उसले खाना नखाने बताई।
त्यस रात के भयो? प्रश्न गर्लास् नि।
उसले त्यस रात मेरो अनुमानभन्दा माथिको कुरा बोली।
भनी, ‘एकदिन त मैले सपनामा अफिसमै तपाईंसँग....भएको देखेँ।’
उसले फेरि सपनाको कुरा झिकी।
‘म सपनामा सधैं विश्वास गर्छु। मान्दिन भन्दा पनि किन मेरो सपना सत्य हुन आइपुग्छन्?’
त्यस रात म भने दुईथरी अनुभूतिमा थिएँ। एक त म आफूलाई पूर्ण पुरुष भएको महसुस गर्दैथिएँ।
मेरो ओठमा एकखाले मुस्कान फैलिएजस्तो लाग्दैथियो। लामो समय युद्ध लडेर सिपाहीले नयाँ राज्य पाउँदा उसको मुहारमा देखिने मुस्कान मेरो ओठमा नाचिरहेझैं लाग्थ्यो। औंलाले छामेर त्यो महसुस गर्न सक्थेँ।
अर्कोतिर, आफूले केही गुमाएझैं पनि लाग्दैथियो।
भोलिपल्ट बिहान।
उसले भनी, ‘हामी केही हप्ता नभेटौं।’
मैले ओके भन्दिएँ।
त्यसपछि ऊ मेरो कोठाबाट बाहिरिई।
म बाथरुममा छिरेँ। सर्वांग वस्त्रबिहिन भएर ऐनामा हेरँे।
त्यतिबेला ओठमा अघिल्लो रातको मुस्कान थिएन। विजयको कुनै उन्माद थिएन। मर्दपनको कुनै जोश थिएन।
मन शिथिल भएको छ।
मनले सोध्यो, विपरीत लिंगीसँग पहिलोपटक रात बिताउँदा जोकोहीलाई यस्तै हुन्छ? हुन्छ भने किन हुन्छ? हुँदैन भने मेरो मनमा मात्र किन?
त्यो एकदिन कटाउन मलाई साह्रै गाह्रो भयो।
पर्सिपल्ट मैले च्याट गरेँ उही पुरानो शैलीमा, ‘नमस्ते। हामी आज भेट्न सक्छौं?’
‘सरी हामी एक महिना नभेटौं।’ उताबाट झट्टै म्यासेज आयो।
तर, मेरो दिमागको बैचैन झन्झन् चुलिँदो छ, किन यस्तो भइरहेछ?
कारण निकाल्न खोज्छु, न मेरो ऊसँग प्रेम थियो न दुवैबीच जबरजस्ती नै भएको थियो।
कारण अर्कै रहेछ।
म तँलाई किन ढाटौं समुन्द्र। खासमा मैले उसलाई त्यस रात उसलाई तृप्त गराउन सकेको थिइनँ। ऊ त्यस क्रियामा परिपक्व थिई भने म आलोकाँचो।
त्यस रात उसले भनेको सम्झन्छु, श्रीमान्श्रीमतीबीच यसै कारणले फाटो आउँछ।
मैले उसलाई कैयौंपटक म्यासेज गरिसकेँ। रिप्लाई फिटिक्कै आएको छैन।
मेरो मनमा अचेल के बित्दैछ? कतै मैले समाजले भनेजस्तो पुरुषत्व त गुमाइरहेको छैन? होइन भने किन यस्तो बेचैन? मसँग सम्पर्क गरिन भनेर म किन तड्पनु?
तर, पीडा यसैले दिँदो रहेछ यार। त्यस्तो फरवार्ड कुरा गर्ने युवती आज किन एक्कासी टाढिई? त्यही एक रातको क्रिया हो? के उसले मेरो मर्दपनको परीक्षा लिएकी थिई या बलात्कार?
बैचैनीबीच एक रात त मैले यस्तो सपना पनि देखेछु कि मैले उसलाई सोही जंगलमा भेटेछु। भनेछु, ‘तिमीले मलाई बलात्कार ग¥यौ!
भनी, ‘कसरी भयो बलात्कार? त्यसमा त हामी दुवैको सहमति थियो!’
भनेछु, ‘मलाई के थाहा? युवतीहरु शालीनताभित्र हतियार लुकाउँदा रहेछन्। मुस्कान र स्वरमा ‘काला जादू’ बसेको जोकोही पुरुषले थाहा नपाउने रहेछ। त्यसमाथि मजस्तो केटाले झन् कसरी बुझोस्?’
ब्युँझेपछि त डर लाग्यो यार!
अब तँ आफंै भन्, उसले मेरो पुरुषत्वको परीक्षा लिएकी हो या बलात्कार?
शुभमले बोलेको यत्ति हो।
अब रेकर्डर अफ हुन्छ।
अब म्युजिक बजाउँदा हुन्छ। झ्याल खोले हुन्छ।
अब मैले अघि नै तपाईंलाई सोध्छु भनेको थिएँ। के उसले बोलेका यी सबै कुरालाई कथा बनाउन मिल्छ?
तपाईंलाई मिल्छजस्तो लाग्छ भने एउटा कथाकार खोजिदिनुस्।