Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

म्यानचेस्टर युनाइटेड बाहिरियो, रोनाल्डोको कीर्तिमान

युरोपेली च्याम्पियन्स लिग


मंसिर २३, २०७२- क्रिस्टियानो रोनाल्डो माल्मोविरुद्ध खासै अर्थ नरहेको रियल म्याड्रिडसँगको खेलमा मंगलबार चुनौतीविहीनजस्तै रहे । त्यति वास्ता नगरिएको खेलमा उनले कीर्तिमान बनाए ।
रोनाल्डोले चार गोल गर्दै दुई गोलको अवसर सिर्जना गरेको खेल रियलले ८–० ले जित्यो । यससँगै उनी च्याम्पियन्स लिगको समुह चरणमा १० वा त्योभन्दा बढी गोल गर्ने पहिलो खेलाडी भए । पोर्चुगलका यी फरवार्डले ६ खेलमा ११ गोल गरेर साख्तर डोनेस्कका लुईज एड्रियानो (नौ गोल) ले २०१३–१४ मा बनाएको कीर्तिमान उनले तोडेका हुन् । रियल जितसँगै समूह ‘ए’को शीर्षस्थानमा रह्यो ।

रोनाल्डोको पूर्वक्लब म्यानचेस्टर युनाइटेड भने उल्फबर्गसँग ३–२ ले हारेपछि च्याम्पियन्स लिगबाट बाहिरिएको छ । अब युनाइटेडले युरोपा लिग खेल्नेछ भने उल्फबर्ग समुह ‘बी’को विजेता हुदै च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्‍यो ।
युनाइटेड हारेको फाइदा डच क्लब पीएसभी आइन्डहोभेनले पनि लियो । उसले घरेलु मैदानमा सीएसकेए मस्कोलाई २–१ ले हराएर युनाइटेडलाई उछिन्दै नकआउट चरणको यात्रा तय गर्‍यो ।
एट्लेटिको म्याड्रिड २–१ ले बेन्फिकालाई पन्छाउँदै समूह ‘सुी’मा विजेता भयो । बेन्फिका दोस्रोमा रह्यो । दुवै नकआउट चरण प्रवेश गरे ।
समूह ‘डी’मा म्यानचेस्टर सिटले ५ मिनेटभित्र तीन गोल गरेर बोरुसिया बोन्चेन्ग्लाबाचालाई ४–२ ले हराएर पहिलोपल्ट शीर्षस्थान हासिल गर्‍यो । गत सिजनमा फाइनल खेलेको युभेन्ट्सले सेभियासँग १–० ले हारेपछि शीर्षथानमा पुग्ने अवसर गुमाएको थियो ।
आज राति हुने खेल
  • बायर लेभरकुजनविरुद्ध बार्सिलोना
  • रोमाविरुद्ध बाटे बोरिसोभ
  • डायनमो जाग्रेबविरुद्ध बायर्न म्युनिक
  • ओलम्पियकोसविरुद्ध आर्सनल
  • चेल्सीविरुद्ध पोर्टो
  • डायनमो किभविरुद्ध माकावी तेल अभिभ
  • गेन्टविरुद्ध जेनिथ सेन्ट पिटर्सबर्ग
  • भ्यालेन्सियाविरुद्ध लियोन

Ą
https://www.flickr.com/photos/spklg/15211044551/