Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

बार्सिलोना रोकियो, रियाल विजयी

मड्रिड- नयाँ प्रशिक्षक ग्यारी नेभिलले स्ट्यान्डबाट हेरेको खेलमा भ्यालेन्सियाले शनिबार घरेलु मैदानमा युरोपियन च्याम्पियन बार्सिलोनालाई १–१ को बराबरीमा रोकेको छ। खेलको अन्त्यतिर शान्ती मिनाले गोल गरेपछि टोलीले आश्चर्यजनक रुपमा बराबरी नतिजा निकालेको थियो।
लुइज स्वारेजको विवादास्पद गोलमा बार्सिलोनाले सुरुमै खेलमा अग्रता लिएको थियो। गोल गर्ने क्रममा स्वारेज अफसाइड थिए। भ्यालेन्सियाले त्यो बेला गरेको अपिल काम नलागे पनि टोलीको मिहिनेत समय सकिन पाँच मिनेट बाँकी रहँदा मिनाले बराबरी गोल गरेपछि काम लागेको थियो।

बार्सिलोना विजयबाट विमुख भएको दिन गेटाफेमाथि ४–१ को विजय हासिल गर्दै रियाल मड्रिडले कोपा डेल रे बाट लज्जाजनक रुपमा बाहिरिनु परेको पीडामा मलम लगायो। यो जितपछि टोली बार्सिलोनासँगको दुरी चार अंकमा घटाउन पनि सफल भयो।

शीर्ष टोली बार्सिलोनाको खातामा १४ खेलको समाप्तीमा ३४ अंक छ भने दोस्रो स्थानको एट्लेटिको मड्रिडको ३२ तथा रियालको खातामा ३० अंक छ। प्रतिवन्धित खेलाडी खेलाएका कारण कोपा डेल रेबाट बाहिरिएको रियालको लागी शनिबार स्पेनिस लिगमा जित दिलाउन करिम बेन्जिमाले दुई तथा गारेथ बेल र क्रिस्टयानो रोनाल्डोले एक/एक गोल गरे।

यसैगरी डिएगो गोडिन र एन्टोनी ग्रिजम्यानले गोल गरेपछि एट्लेटिकोले अवे खेलमा ग्रानाडालाई २–० ले हरायो।

नेभिलले आइतबार पछि मात्र आधिकारिक रुपमा टोलीको नेतृत्व गर्नेछन। शनिबार अन्तरिम प्रशिक्षकका रुपमा भोरो र नेभिलका भाई फिल नेभिलको नेतृत्वमा भ्यालेनसियाले युरोपियन च्याम्पियनविरुद्ध उच्च स्तरको प्रदर्शन गर्दै कडा चुनौती दिएको थियो।

'टीमलाई निन्दा गर्नु पर्ने केही छैन,' बार्सिलोनका प्रशिक्षक लुइस इनरिकेले भने, 'कठिन ठाउँबाट हामीले राम्रो खेल्ने प्रयास गर्यौंन। हामीले खेलको पूरा समय प्रभाव पार्यौंक। धेरै अवसर पनि पायौं,' उनले थपे, 'तर त्यसलाई उपयोग गर्न सकेनौं। रक्षात्मक रुपमा भ्यालेन्सियाले धेरै राम्रो खेल्यो।'

बार्सिलोनाले पहिलो हाफमै खेल आफनो पक्षमा पार्न सक्थ्यौं। तर अग्रपंक्तिका तीन सफल खेलाडी लियोनेल मेसी, नेइमार र स्वारेज गोल गर्न सफल भएनन्। मेसीले नेइमारको सुन्दर क्रसलाई खेर फाले।

स्पेनिस ला लिगामा शनिबारै सम्पन्न अर्को खेलमा डेर्पोटिभो ला कोरुनार सेभियाले १–१ को बराबरी नतिजा निकाले। लुकास पेरेजको गोलमा डेर्पोटिभोले घरेलु मैदानमा २२ औं मिनेटमा अग्रता लिएको थियो। भिसेन्टे इबोराले समय सकिन १४ मिनेट बाँकी रहँदा गोल गर्दै खेल बराबरीमा ल्याए।

१० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको सेल्टा भिगोले अवे खेलमा रियाल बेटिससँग १–१ को बराबरी नतिजा निकाल्यो। थियो बोन्गोन्डाको गोलमा २२ औं मिनेटमा अग्रता लिए पनि सेल्टाका जोनीले ४८ औं मिनेटमा रातो कार्ड सामना गरेपछि टोली दबाबमा परेको थियो। जहाँ समय सकिन सात मिनेट बाँकी रहँदा जर्ज मोलिनाले घरेलु टोली बेटिसका लागि बराबरी गोल गरे।
Sports News from nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/