Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मलेसियामा नेपालीमाथि भइरहेको ठगी रोक्न एनआरएनको माग

मंसिर २३, २०७२- गैर आवासीय नेपाली संघ मलेसियाले दुतावासको कार्यालय रहेको भवनभित्रै घर फर्कन त्यहाँ पुगेका नेपालीहरुमाथि विचौलियाहरुबाट ठगी भएको भन्दै उक्त कार्य नियन्त्रण गर्न नेपाली दुतावाससँग जोडदार माग गरेको छ ।
संघले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै गैर कानुनी हैसियतमा रहेका नेपालीहरु स्वदेश फर्काउने क्रममा विचौलियाहरुले प्रति व्यक्ति २ हजार देखि ३ हजार ५ सय रिंगिटसम्म शुल्क असुलेर ठगी गरेको जनाएको छ ।

संघले नक्कली हवाई टिकटमा समेत घर फर्काउन खोज्दा नेपालीहरु जटिल समस्यामा परेका भन्दै यसबारे सरकार, दुतावास लगायत सम्बन्धित निकायको ध्यान आकृष्ट गराएको छ ।
घर फर्काउने नाममा नेपालीसँग बढी शुल्क लिएररसिदमा भने धेरै कम शुल्क उल्लेख गर्ने गरेकोपाइएको संघका एक पदाधिकारीले दाबी गरे ।
नेपालीको हितमा ध्यान दिंदै सस्तो र सुलभ शुल्कमा गैरकानुनी हैसियतमा रहेका नेपाली फर्काउन सकीने प्रस्ताव गरिएको भएपनि राजदुतले निर्णय लिन नसक्ने बताएको विज्ञप्तीमा उल्लेख छ । यसबारे दुतावासको प्रतिक्रिया लिन सम्पर्क प्रयास सफल हुन सकेन ।
प्रतिव्यक्ति १३ सय ३० रिगिटमा नेपाल फर्काउन सकीने प्रस्ताव यही डिसेम्बर १ मा पेश गर्दैसंघले नेपाली घर फर्काउने जिम्मा लिन खोजेको थियो । तर दुतावास उक्त प्रस्तावमा सोही दिन सकारात्मक देखिएपनि पछिएकाएक असहमत भएको बुझिएको छ ।

Ą
https://www.flickr.com/photos/spklg/15211044551/